२०८२ असार ३० गते मङ्गलवार

जनताको जीवन परिवर्तन गर्ने योजना आवश्यक


टीकाबहादुर बस्नेत,
दाङ, मंसिर २६ । सरकारका कार्यक्रम जनतासम्म पु¥याउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने दाङबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले बताएका छन् ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम जिल्ला व्यवस्थापन तथा समन्वय समिति दाङको बैठकलाई सम्वोधन गर्दै बुधवार प्रदेश सांसद रेवतीरमण शर्माले गाउँपालिकाका जनताको जीवनस्तरमा परिवर्तन ल्याउने खालका योजना छनौट गर्न जरुरी रहेको बताए ।

मुख्यमन्त्रीको ड्रिम प्रोजेक्टका रुपमा रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिएको नपाइएको भन्दै सांसद शर्माले वजेट सक्नु भन्दा पनि प्रभावकारितालाई ध्यान दिन गाउँपालिकालाई निर्देशन दिए ।

अर्का प्रदेश सांसद अमरबहादुर डाँगीले प्रदेश सरकारको जनमुखी र प्रभावकारी कार्यक्रम प्रभावकारी नहुँदा दुःख लाग्ने गरेको गुनासो गरे । अघिल्लो वर्षको कार्यक्रमबाट आफू सन्तुष्ट नभएको भन्दै सांसद डाँगीले यस वर्ष कार्यक्रमको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

त्यस्तै सरस्वती गौतमले परम्परागत ढंगबाट सञ्चालित तालिमले जनताको जीवनस्तर माथि उठ्न नसक्ने तर्क गरिन ।

उनले पछाडि पारिएका वर्ग र समुदायका लागि भनेर मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनमा आएको भन्दै लक्षित वर्गसम्म त्यो पु¥याउनुपर्नेमा जोड दिइन । सांसद धमकली चौधरीले क्षमता विकासका कार्यक्रमलाई जोड्नुपर्ने धारणा राखिन ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम जिल्ला व्यवस्थापन समितिका संयोजक जितेन्दमान नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *