२०८२ असार २४ गते बुधवार

अरुको अधिकारको हेक्का राखे हिंसा न्यूनिकरण


यमकला भुसाल,
तुलसीपुर,मंसिर २४ ।लैगिंक हिंसा न्यूनिकरण गर्न मानवअधिकारको रक्षा गर्नुपर्ने कुरामा जोड दिइएको छ । ७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस र लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको समिक्षा कार्यक्रमका सहभागी बक्ताहरुले हरके व्यक्तिले एक अर्कोलाई सम्मान गर्न सके मात्रै हिंसालाई न्यूनिकरण गर्न सकिने धारणा राखेका छन् ।

मानव अधिकार रक्षक सञ्जाल दाङका पुर्व अध्यक्ष एवं महिला अधिकारकर्मी सुष्मा गिरीले मानअधिकार सम्बन्धि कानुनहरु निर्माण भएपनि हिंसाका घटनाहरुमा कमि नआउनुको मुख्य कारण एकले अर्काेको अधिकारको ख्याल नगर्नुको परिनाम भएको बताइन ।

उनले लैंगिक हिंसा न्यूनिकरण गर्न पितृसत्तात्मक सोचलाई त्याग्न आवश्यक रहेको तर्क गरिन ।

मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशव शर्मा मज्गैंयाले हरेक मानिस मर्यादित र स्वतन्त्र पुर्वक बाच्न पाउनुपर्ने कुराको सुनिश्चिताका लागि हिंसालाई न्यूनिकरण गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय अपांग महासघं प्रदेश नं. ५ का सल्लाहाकार प्रतिमा शर्माले लैगिंक हिंसाकै कारण अपांगता भएका महिलाहरु माथि सबैभन्दा बढी हिंसा भइरहेको बताइन । उनले कानुन कार्यान्वयनमा राज्य सशक्त ढंगले लागेको खण्डमा धेरै समस्या हल हुने आशा व्यक्त गरिन ।

त्यस्तै ओरेक नेपाल दाङकी कार्यक्रम संयोजंक दीपा धितालले पीडितले पीडा लुकाएर बस्नु भन्दा न्यायका लडाई लड्नु पर्ने तर्क गरिन ।

तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सुर्यबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासकिय अधिकृत आनन्द सारु,सामाजिक विकास डिभिजनका प्रमुख माधव बञ्जाडे,वडा नं १ का अध्यक्ष लक्ष्मण भण्डारी,न्यायिक समिति सदस्य जानका रेग्मी,महिला रक्षक सञ्जाल दाङका सचिव पद्यमा चौधरी,सिड सस्ंथा कार्यक्रम सयोजंक माधव चौधरी,वडा नं ६ का सदस्य युवा करारा,अपांग समाज सुधार केन्द्र दाङका अध्यक्ष लुमाकान्त कंडेल,दिदी घर संस्थाकी स्यानी चौधरी लगाएतले लैगिंक हिंसा बिरुद्धका कार्यक्रमहरु सहर केन्द्रित नभई गाँउ केन्द्रित जरुरी रहेको बताएका थिए ।

कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालवालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले गरेकी थिइन ।

तुलसीपुर उपमहानगरपालिका महिला बालवालिका तथा सामाजिक विकास शाखाको आयोजना एवं ओरेक दाङ र विभिन्न सघं सस्थाको सहकार्यमा उक्त कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *