दाङ,मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ मा रहेको घरमा चोरी भएको छ । घरमा कोही नभएको समयमा चोरले घरको गेट र ढोकाको ताला फोडेर चोरले चोरी गरेको छ ।
चौधरीका आफन्त सोमवार सचेतक चौधरीको घरमा पुग्दा गेटको ताला फोडिएको देखेपछि चोरी भएको पत्ता लागेको हो । घर भित्र दराजहरुको ताला फोडेर सरसामान छरप्रस्ट पारेको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
‘घरमा खासै बहुमुल्य सामान केही भएको जस्तो देखिएन,’ प्रबक्ता शाहले भने ‘ रित्तो घरमा चोरीको प्रयास भएपनि केही लगेको जस्तो देखिएन।’ सचेतक चौधरी भने चुनावको मतगणना सकिलगत्तै काठमान्डौ गएको हुदाँ घरमा कोही थिएन ।
प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार