दाङ,मंसिर २० । नेपाल डेमोक्राटिक लयर्स एहोसियशन जिल्ला शाखा दाङले अधिबक्ता ऋषिराज न्यौपाने नेतृत्वको टिम नै आफ्नोअधिकारिक टिम भएको बताएको छ ।
डिएलएका दाङ शाखा अध्यक्ष निर्मल गौतम र सचिव सञ्तोष पोखरेलले शुक्रवार संयुक्त विज्ञप्ती मार्फत आफुहरुको आधिकारिक टिमन्यौंपाने नेतृत्वको टिम नै भएको भन्दै उनीहरुलाई नै निर्वाचनम विजयी बनाउन अपिल गरेका छन् ।
साथै उनीहरुले भ्रम पैदा गर्ने गरि प्रदीपकुमार गौतमले आफुलार्य स्वघोषित डिएलएको जिल्ला अध्यक्ष दाबी गर्दै विभिन्न सञ्चारगृह रसमाजिक सञ्जालहरुमा सार्वजनिक गरिएका खवरहरु प्रति गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारिएको छ ।
२०७३ साल फागुन १४ गते डिएलए दाङ शाखाको अधिवेशन भएको तथा डिएलए नेपालको विधान २०४७ अनुसार जिल्ला इकाईकोकार्यकाल ३ बर्षको हुने व्यवस्था रहेको हुँदा आफुहरुको कार्यकाल हालसम्म कायमै रहेको जिल्ला अध्यक्ष गौतम र सचिव पोखरेललेजारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जनमानसमा भ्रम सृजना गर्न र व्यक्तिगत स्वार्थको लागि प्रदीपकुमार गौतमले मंसिर १४ गते डिएलएको पुर्नंगठन भएको भन्दै विज्ञप्तीजारी गर्नु अनुशासनहीन र गैरजिम्मेवार कार्य गरेको भन्दै खेद व्यक्त गरिएको छ । डिएलएका जिल्ला अध्यक्ष गौतम र सचिव पोखरेललेयो अवधिमा डिएलएको जिल्ला अधिवेशन नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । डिएलएका अध्यक्ष गौतम र सचिव पोखरेललेजारी गरेको विज्ञप्तीमा भनिएको छ ‘विज्ञप्ती जारी कर्ता प्रदीपकुमार गौतम डिएलए दाङको अध्यक्ष नभएको, निजले जारी गरेकोविज्ञप्ती तथा आशन्न जिल्ला बार निर्वाचनमा शिवप्रशाद घिमिरे नेतृत्वको टिम आधिकारिक नभएकोले त्यस्ता झुटो विज्ञप्तीको भ्रममानपर्न आम जनसमुदाय, विद्धान कानुन व्यवसायी, राजनीतिककर्मी, पत्रकार जगतमा हार्दिक अनुरोध गर्दछौं।’
साथै विज्ञप्तीमा जिल्ला वारको आशन्न निर्वाचनको सवालमा कात्तिक ६ गते भएको डिएलए दाङको वृहत भेलावाट गठित छनौटसमितिका संयोजक वरिष्ठ अधिबक्ता भानु धिताल, सदस्यहरुमा बरिष्ठ अधिबक्ता दीपककुमार रेग्मी, बरिष्ठ अधिबक्ता घनश्यामथापा, बरिष्ठ अधिबक्ता रेवतिरमण भट्टराई, अधिबक्ता कुमारराज श्रेष्ठ रहेको पाँच सदस्य समितिको सर्वसहमतिमा अधिबक्ताऋषिराज न्यौंपाने अध्यक्ष रहने गरि उनकै नेतृत्वमा निर्णय भएको उल्लेख गरिएको छ । सोही अनुसार उम्मेदवारी दर्ता भएको र केहीपदहरुमा नेकपका निकट एनएलएसंग सहकार्य गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैले डिएसएका आधिकारिक उम्मेदवार ऋषिराज न्यौंपाने नेतृत्वको टिमलाई मतदान गरि विजयी बनाउन अपिल विज्ञप्ती मार्फतगरिएको छ ।