२०८२ साउन १ गते बिहिवार

दाङमा मध्यान्ह १२ बजेसम्म ४० प्रतिसत भन्दा बढी मतदान


दाङ, मंसिर १४ । दाङमा मध्यान्ह १२ बजेसम्म ४० प्रतिसत भन्दा बढी मतदान भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रशाद रिजाले शनिवार मध्यान्ह १२ बजेसम्म ४० दशमलव १८ प्रतिसत मतदान भएको जानकारी दिए ।

दाङको दुई स्थानमा भइरहेको उपनिर्वाचनमा कुल ७३ हजार १ सय ७२ जना मतदाता रहेकोमा मध्यान्ह १२ बजेसम्म २९ हजार ४ सय ४ मत खसेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

यो खवर तयार पार्दा सम्म शान्ति पूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले दंगिशरण गाउँपालिका वडा नं. ४ स्थित रात्रि निमावि बैवाङवाट मतदान गरेका छन् । मतदान गर्न साना नानीहरु बोकेर आमाहरु आएका देखिन्थे भने जेष्ट नागरिक तथा अशक्तहरु पनि उत्साहका साथ मतदानमा सहभागि भएका छन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर ३ (२) मा प्रदेससभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष चुन्नको लागि शनिवार उपनिर्वाचन जारी छ ।

निर्वाचन क्षेत्र नम्बर ३ को २ मा ३२ मतदान स्थलका ७७ वटा केन्द्र रहेका छन् भने घोराही १६ मा २ मतदान स्थलको ५ केन्द्र रहेका छन् ।

प्रदेशसभा सदस्य चुन्न ६८ हजार ७ सय १९ मतदाताले मतदान गर्दै छन् । त्यस्तै घोराही १६ मा अध्यक्ष चुन्न ४ हजार ४ सय ५३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को २ मा प्रदेशसभा सदस्य पदका लागि विभिन्न १२ राजनीतिक दल र २ स्वतन्त्र गरि १४ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट विमलाकुमारी खत्री वली, नेपाली कांग्रेसका तर्फबाट केशबराज आचार्य, नेकपा मालेका हरिप्रसाद डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तर्फबाट छोटीलाल थारु,मंगोल नेशनलका तर्फबाट घनस्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, समाजबादी पार्टीका डिल्लीबहादुर डाँगी र नेपाली कांग्रेस (विपी)का तर्फबाट दिपककुमार धिताल, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावत, साझा पार्टीका शिबकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार र स्वतन्त्र उम्मेदवार टिकाराम आचार्य र गोविन्द केसी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

त्यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेशबहादुर केसी, नेपाली कांग्रेसका ताराबहादुर डिसी, सामाजबादी पार्टीका विमला पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसी,मंगोलनेशनलका तर्फबाट पहलमान आलेमगर, स्वतन्त्र उम्मेदवार जगलाल चौधरी र समिर वली अध्यक्षको प्रतिस्पर्धामा रहेका छन् । प्रदेशसभा सदस्य पदमा १४ जना र वडा अध्यक्ष पदमा ७ जना गरि २१ जनाको बीचमा पतिपर्धा रहेको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लाका दुबै स्थानमा शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए । सुरक्षा व्यवस्था मजबुत पारिएको हुँदा निर्धक्क भएर मतदाताहरु मतदान केन्द्रमा आएर मतदान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *