मंसिर १३। दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा नेपाल समूह चरणबाट नै बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेसँगै नेपाली पुरुष भलिबलको यात्रा समूह चरणमै रोकिएको हो ।
आज भारतसँग ३-० काे साेझाे सेटमै हार बेहाेरेपछि नेपालकाे यात्रा टुंगिएकाे हाे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा नेपालले पहिलो सेट २५-१६ ले गुमायो ।
नेपालले अरु अंक थप्न नसक्दा भारत २५-१६ ले विजयी भयो । पहिलो सेटमा नेपालले सर्भिस र रिसिभमा कमजोरी देखाएको थियो ।
दोस्रो सेटमा नेपालले सुरुवाति तीन अंक बटुलेको थियो । एक समय पाँच-तीनकाे अवस्थामा रहेको नेपाल खेल अगाडि बढेसँगै १३-६ मा पुगेको थियो । १६-६ को अवस्थामा रहेको दोस्रो सेटमा त्यसपछि नेपालले अरु ७ अंक जोड्दा भारतले २५-१३ ले जित्यो ।
तेस्रो सेटको मध्यतिर भारत १२-१६ ले अगाडि रहेको थियो । त्यसपछि पनि भारतले आफ्नो दबदबा कायमै राख्दै सेट २५-१६ ले सेट जित्याे ।
यसअघि नेपाल बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । समूह ए बाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।