२०८१ जेष्ठ १७ गते बिहिवार

संविधान संशोधन नभए तत्काल सरकार छोड्छौं – बाबुराम भट्टराई


दाङ,मंसिर १२ । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन नभए तत्काल सरकार छोड्ने बताएका छन् । दाङको तुलसीपुरमा विहीवार पत्रकार संगको भेटघाटमा अध्यक्ष भट्टराईले यसअघि नै संविधान संशोधन अगाडि नबढे सरकारबाट बाहीरिने सम्झदारी रहेको स्मरण गर्दै अध्यक्ष भट्टराईले सहमति कार्यान्वय गर्न सरकार तयार नभए तत्कालै सरकार छोड्ने चेतावनी दिएका हुन ।

प्रधानमन्त्रीले विरामी अवस्थालाई देखाएर र प्रचण्डले यो उपनिर्वाचनको बाहाना बनाएर वार्ता पंछाउन खोजेपनि निर्वाचन लगतै वार्ता गरेर यो सवाललाई टुङ्गोमा पु¥याउने उहाँले स्पष्ट पारे ।

फरक प्रशंगमा अध्यक्ष भट्टराईले राष्ट्रियताको सवालमा दलिय राजनीति गर्नु गलत हुने बताए । पछिल्लो समय भारतले नेपाली भूभाग लिपुलेक,कालापानी लगाएका भूभाग समेटेर नयाँ नक्शा जारी गरेको प्रति आपत्ति जनाउँदै त्यसलाई सरकारले कुटनीति तवरले राजनीतिक उच्चस्तरिय वार्ताद्धारा समाधान गर्नु उपयुक्त हुने उनको सुझाएका छन् ।

भारत, चीन र अमेरिका जस्ता त्रिपक्षी शक्तिहरु मध्य कुनैपनि शक्तिप्रति नढल्किएर तथा कसैलाई पनि नचिढ्याइकिन नेपालको राष्ट्रिय हितका लागि प्रगतिशिल राष्ट्रबादको नीति लिन जरुरी रहेको उनले तर्क गरे । दलहरुले आफ्नो अनुकुलतामा स्वार्थको निम्ति कहिले चर्काइदिने र कहिले चुप लागेर बस्नु गतल भएको उनको छ ।

भट्टराईले दलिय भागवण्डामा निर्माण गरिएको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको भन्दै त्यसले साना माछालाई समातेपनि ठूला माछालाई समात्न नसक्ने दाबी गरे । उनले त्यसको ठाउँमा जनताप्रति पूर्ण उतरदायी हुनेगरी सर्व शक्तिमान लोकपालको व्यवस्थ गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

आफनो पार्टी नयाँ बैलल्पिक शक्तिका रुपमा उदाउँदै गएको दाबी गरेका उनले संघीय समाजवादी पनि एउटा विकल्प मात्रै रहेको तर्क गरे । त्यसपछि पनि संउन्नत संघीय समाजवाद संग बिचार मिल्ने पार्टी र समूहसंग एकता गरेर वृहत ध्रुविकरण गर्ने उनले बताए ।

डा.भट्टराईले देश गरिबी र बेरोजगारको दुषचक्रमा रहेको बताउदै भट्टराईले दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी कुनै काम गर्न नसकेको दाबी गरे । उनले एक महिलामाथि जवरजस्ती बलात्कार गर्न खोजेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा जस्ता क्रान्तिकारीले त्यति गंभीर प्रकृतिको अपराधमा संलग्न हुनु अक्षम्य अपराध भएको तर्कपनि गरे ।

तुलसीपुर ७ श्रीगैंमा भएको पत्रकार सम्मेलन रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो भने सहजीकरण महासचिव विमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *