२०८१ जेष्ठ ८ गते मङ्गलवार

अर्घाखाँचीमा बस दुर्घटना १० जनाको मृत्यु


बुटवल,मंसिर ११ । अर्घाखाँचीको भएको बस दुर्घटनामा दस जनाको घटनास्थलमै मृत्यु भएको छ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधवार बेलुका घुम्तीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

यो खवर तयार पार्दासम्म १० जनाको घटनास्थलमा नै मृत्यु भएको र यो खवर तयार पार्दा सम्म कसैको पनि सनाखद हुन नसकेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा ६ पुरुष र ४ महिलाको शव फेला परेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ।

घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्।

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *