२०८१ जेष्ठ ११ गते शुक्रवार

उपनिर्वाचन मिनी जनमतसंग्रह – एनपी साउथ


बाघमारे, मंसिर ११ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउथले उपनिर्वाचन मिनी जनमत संग्रह भएको बताएका छन् । नेपाली काँग्रेसले मंगलवार बाघमारेमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहेका साउथले त्यस्तो बताएका हुन । मंसिर १४ मा हुन लागेको उपनिर्वाचन सरकार बदल्ने वा बनाउने नभएपनि मिनी जनमत संग्रह जस्तै भएको हुँदा महत्वपुर्ण रहेको बताए ।

कम्युनिष्ट सरकारको रवैया देखेर जनता वाक्क दिक्क भइसकेको भन्दै उनले न्यायप्रेमी जनताले काँग्रेसलाई विजयी गराउने आशा व्यक्त गरे । नेता साउथले कम्युनिष्टको ज्याजदी रोक्न र लोकतन्त्रको रक्षाको लागि काँग्रेसको रुख चिन्हमा मतदान गर्न मतदातालाई अपिल गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपाको सरकार गैर जिम्मेवार ढंगले अगाडि बढेको हुँदा त्यो रोक्न नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । उनले कम्युनिष्ट नेताहरुले जनता भन्दापनि आफ्ना कार्यकर्ता र परिवारलाई पाल्न झुटको खेति गरिरहेको आरोप लगाए ।

नेता भण्डारीले जनताका सामु काम गरेर देखाउने पार्टी भनेको नेपाली कांग्रेस मात्र भएको भन्दै झुट्टा आश्वासनमा नलाग्न आग्रह गरे । पछिल्लो समय काँग्रेसमा देखिएको एकताले पनि यो चुनाव काँग्रेसको पक्षमा हुने दावी गरे । ‘विगतमा केहि गल्ति कम्जोरी भएका होलान अव त्यो हुने छैन्,सवैले काँग्रेसलाई जिताउन लाग्नुहोस,’ उनले भने ।

नेता भण्डारीले राष्ट्रबादको नारा लगाउने केपी शर्मा ओलीको नेतृवको सरकार सवै किसिमले असफ भएको दाबी गरे । कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्टले यसअघि जनतालाई झुटा सपना बाँडेर र झुक्याएर निर्वाचन जिनेको हुँदा यसपटक जनता सचेत भइसकेको हुँदा काँग्रेसको जित निश्चित रहेको बताए ।

कार्यक्रममा काँग्रेस नेता पूर्व मन्त्री गोन्दिबहादुर शाह, कञ्चनपुर काँग्रेसका पूर्व सभापति बहादुरसिंह थापा, उम्मेदवार केशव आचार्य,नेपाली काँग्रेस बुटवल नगरपालिकाका सभापति खिलराज पाण्डे, युवा नेता सुरेश हमाल, क्षेत्रीय सदस्य लोकमणी रेग्मी, माघमारे गाउँपालिका पूर्व गाविस अध्यक्ष मानबहादुर वली लगायतले नेपाली काँग्रेसलाई मतदान गर्न अपिल गगरेका छन् । देविराज रिजालको अध्यक्षतमा भएको सभा क्षेत्रिय प्रतिनिधि सीता पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *