२०८२ जेष्ठ ११ गते शुक्रवार

देशमा सबैभन्दा धेरै विकाश प्रदेश पाँचमा भएको छ – मुख्य मन्त्री पोखरेल


गणेश आचार्य,
दाङ मङ्सिर ९ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा नेतृत्वको सरकार राष्ट्रिय हितको पक्षमा दृढताका साथ अघी बढेको बताएका छन् । प्रेस संगठन दाङले सोमवार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले नाकाबन्दी गरेका बेला नेकपाकै नेतृत्वको सरकारले भारतलाई घुँटा टेकाउन बाध्य पारेको दावी गरे ।

यसपटकको सीमा विवादलाई पनि कुटनैतिक तरवरले समाधान गर्ने उनले स्पष्ट पारे । ‘सरकार सीमा विवाद समाधान गर्न गम्भीर छ र भारतलाई कुटनैतिक नोट लेखेर दवाब दिएको छ,’ पोखरेलले भने ।

नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले कालापानी र लिपुलेक नेपालको भएको भन्दै त्यसलाई तथ्यमा सावित गर्न नेकपा र सरकार दृढ भएको बताए । सीमा विवाद चलिरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई आक्षेप लगाएर गल्ती गरेको उनले बताए ।

त्यस बिषयमा देवाले गल्ती बोलेको स्वीकार्न सुझाव समेत दिए । नेपालको एक इन्च जमिन भारतलाई अतिक्रमण गर्न नदिने उनले प्रतिवद्धता जाहेर गरे । नेकपाले सरकारको नेतृत्व गरेपछी कुल ग्राहस्थ उत्पादन बढेको भन्दै त्यसको वृद्धिदर भारतको भन्दा उच्च रहेको उनले दाबी गरे ।

देशका सात प्रदेश मध्य सबैभन्दा धेरै विकास प्रदेश पाँचमा भएको मुख्यमन्त्री पोखरेलको भनाई छ । मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै नेकपाले सरकारको नेतृत्व गरेपछी दाङको विकासले गति लिएको बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *