२०८२ असार ३० गते मङ्गलवार

दाङमा उपनिर्वाचनको दिन कहाँ÷कहाँ सवारी चलाउन पाइन्न ?


दाङ,मंसिर ९ । स्थानीय प्रशासनले मंसिर १४ गते उपनिर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा सवारी चलाउन नपाउने व्यवस्था गरेको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन आपतकालिन अवस्थाका सवारी साधन बाहेक अन्य सवारी साधन चलाउन नपाउने व्यवस्था गरिएको छ ।

स्थानीय प्रशासनले घोराही उपमहानगरपालिका वडा नं. १६ मा हुन गइरहेको निर्वाचनलाई लक्षित गरि तुलसीपुर–घोराही सडक खण्डको रतनपुर चोकदेखि पश्चिम, गुर्जेखोलादेखि पूर्व लगाएत वडा नं. १६ का मतदाता रहने सम्पूर्ण क्षेत्रमा सवारी चलाउन नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै जिल्लाकै निर्वाचन क्षेत्र नं. ३ (२) मा हुन गइरहेको प्रदेशसभा सदस्य पदका लागि तुलसीपुर–अमेलिया सडक खण्ड अन्तरगत तुलसीपुरको जसपुरदेखि अमेलियासम्म,तुलसीपुर–सुर्खेत सडक खण्ड अन्तरगत तुलसीपुरको गहतेखोलादेखि पश्चिम सल्यान –दाङको सीमानादेखि पूर्व प्रदेशसभा क्षेत्र नं. ३(२) का मतदाता हुने सम्पूर्ण क्षेत्रहरुमा सवारी चलाउन नपाउने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले उपनिर्वाचनको दिन आपतकालिन अवस्थाका सवारी साधन, विरामी बोक्ने एम्बुलेन्स र सवारी पास लिएका गाडी बाहेक अरु गाडी सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिए । त्यो नियम विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *