२०८१ जेष्ठ १३ गते आइतवार

काँग्रेस शिर्ष नेतृत्व दाङमा

शरद रेग्मी,
दाङ,मंसिर ८ । निर्वाचन आउन केहिदिन मात्रै बाँकि रहदा दाङमा राष्ट्रिय स्तरका नेता तथा कार्कर्ताको घुइचो लागेको छ ।मंसिर १४ गते हुने उपनिर्वाचनको परिनामा आफ्नो पक्षमा पार्न सत्तासिन र प्रमुख प्रतिपक्षी दलहरुको बीचमा कडा प्रतिपर्धा देखिएको छ ।

दुबै दलले केन्द्रीय नेताहरुको उपस्थितिमा गाउँ गाउँमा चुनावी सभाहरु केन्द्रित गरेका छन् । दाङ क्षेत्र नं. ३ (२) मा हुन गइरहेको प्रदेशसभा सदस्य पदका आफ्ना उम्मेदवार केशव आचार्यको पक्षमा माहोल बनाउन नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व दाङमा केन्द्रित भएको छ ।

आइतबार बेलुका मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा, बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा. शशांक कोईराला लगायत दर्जन जति नेताहरु दाङ आएको जिल्ला सभापति किर्ति बहादुर खड्काले जानकारी दिए ।

केन्द्रीय सदस्य द्धय डा. रामशरण महत र डा. शेखर कोईलाले आइतवार मात्रै पश्चिम दाङका विभिन्न चुनावी सभाहरुलाई सम्वोधन गरेका छन् । शनिवार मात्रै पार्टी प्रबक्ता दाङमा आएर सम्बोधन गरेका थिए ।

त्यस्तै शनिवार मात्रै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पश्चिम दाङमा चुनावी सभालाई सम्वोधन गरेका थिए । आइतवार मुख्य मन्त्री एव प्रदेश ईन्चार्ज शंकर पोख्रेल र पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताहरु पश्चिम दाङको चुनावी सभामा केन्द्रित भएको नेकपाका दाङ जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिए ।

निकै चासोका साथ हेरिएको पश्चिम दाङको उपनिर्वाचनमा (नेकपा)ले स्वर्गीय उत्तर कुमार वलीकी पत्नि बिमला वलीलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले पुराना, त्यागि तथा प्रजातन्त्रको लडाईमा विभिन्न समयमा जेल जीवन व्यथित गरेका नेता केशब आचार्यलाई उम्मेदवार बनाएको छ ।

यो पटक नेपाली काँग्रेस सबै तह र तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन् । यस पटकको निर्बाचनमा काग्रेसको बिजय निश्चित रहेको काँग्रेसजनहरुले दाबी गर्दै आएका छन् ।
यद्यपी नेकपाका नेताहरुले पनि त्यही दाबी गर्दै आएका छन् ।

मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा प्रदेशसभा सदस्य पदको लागि १२ राजनीतिक दलका उम्मेदवार र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार बीच प्रतिपर्धा हुन लागेको छ । यहाँ मतदाता कुल ६८ हजार जति छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *