२०८० चैत्र १६ गते शुक्रवार

धर्म निरपक्षताको विरोध गरौं : महासचिव मैनाली

यमकला भुसाल,
तुलसीपुर,मंसिर ४। नेकपा मालेका महासचिव सिपी मैनालीले आफु र आफनो पार्टी धर्म निरपक्षताको बिरोधमा रहेको बताएका छन् । रिपोर्टस क्लव दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव मैनालीले त्यस्तो बताएका हुन । ‘नेकपा माले धर्मनिरपक्षताको बिरोधमा अबस्य छ, तर, त्यसको मतलव हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा भने छैन,’ मैनालीले भने ।

महासचिव मैनालीले अहिलेको सरकार क्रिष्चियन धर्मको प्रचारप्रसार र प्रबद्र्धनमा लागेको आरोप लगाए । नेपालमा भएको क्रिष्चियन सम्मेलनलाई सफल पार्न सरकार आफंै खट्नुले त्यस्को पुष्टि गर्ने उनले बताए ।

‘नेताहरुले करोडौँ रकम कुमल्याएर नेपालमा क्रिश्चिनिटीको प्रभाव पार्न खोजेको पुष्टी हुन्छ,’ मैनालीले भने । नेकपा माले समानता र समावेशिकरणको पक्षमा रहेको बताएका उनले सबै पार्टी देशमुखी हुनुपर्ने पनि धारणा राखे । उनले अहिले देशमा सामाजिक पुँजीको विकास गर्न आवश्यक रहेको महासचिव मैनालीले बताए ।

दलाल माफिया पुजीवादको अन्त्य गर्न देशमा राष्ट्रिय पुजी, राष्ट्रिय उद्योग बढाउनुपर्ने उनको सुझाव थियो । देशका साना व्यवसायिलाई प्रबद्र्धन गर्न जरुरी रहेको समेत बताए ।

नागरिकताको सम्वन्धमा महिला पुरुषलाई समान अधिकार हुनुपर्ने बताउँदै उनले नागरिकताको सवालमा राज्यले कडा नीति अंगिकार गर्दै गैर नेपालीलाई नागरिकता दिन नहुने बताए ।

उनले मंसिर १४ गते हुने उपनिर्वाचनमा क्षेत्र नम्वर ३ (२) का आफ्ना पार्टीका उम्मेदवार हरिप्रशाद डाँगीलाई विजयी गराउन आग्रह गरे । मैनालीले बुधवार तुलसीपुर ११ बेलटाकुराको चुनावी सभालाई सम्वोधन गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *