२०८२ असार ३१ गते बुधवार

चुनावी प्रचारमा व्यस्त वली


प्रेमबहादुर राम्जा,
दाङ, मंसिर ४। बबई गाउँपालिका १ गंगटेका गौरी पुनले गंगटेमा भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनाबी सभामा स्वर्गीय प्रदेश सांसद उत्तरकुमार वलीकी जहान खोई भन्दै आइन । नेकपाका नेताहरुका साथमा गंगटे पुगेकी उत्तर पत्नि बिमला वलीलाई भेट्न गौरी चुनाबीसभा आएकी थिइन ।

मंसिर १४ गते हुने उपनिर्बाचनका लागि उम्मेदवार बनेकी बिमलालाई गएको शनिबार पुनले गंगटेमै भएको चुनाबीसभामा देख्ने र भेट्ने अबसर प्राप्त गरेकी थिइन । वलीलाई भेट्न पुनले सयपत्रीको माला लिएर आएकी थिइन । चुनाबीसभामा बिमला वलीलाई चिनाएपछि मञ्चमा गएर पुनले माला लगाएर स्वागत गरिन ।

पुनले नेकपाका तर्फबाट उम्मेदवार बनेकी वलीलाई महिला भएर कसैले प्रश्न नउठाउन पनि आग्रह गरिन । ‘महिलाले देश हाँकी सके तपाई प्रदेश सांसद भएर काम गर्न सक्नुहुन्छ,म जस्ता महिलाको साथ यस पटक छ,’ पुनले भनिन् ।

त्यसैगरी बबई गाउँपालिका १ सिमलकुनाका टेकराज बुढाले पनि उत्तरकी जहानसंगै शुक्रबार र शनिबार चुनाबी अभियानमा साथ दिए । महिलाहरु सक्षम रहेको भन्दै टेकराज बुढाले यसपटक एक मात्र महिला उम्मेदवारलाई सहयोग गर्ने भन्दै दुई दिन बबईका बिकट बस्तिमा संगै प्रचारमा सहभागी बने ।

बिमला वलीलाई गौरी र टेकराजले राजनीतिमा पहिलो पटक देख्ने अबसर प्राप्त गरेका हुन । ठूला दलहरुले यसरी महिलालाई बिश्वास गरेको पहिलो पटक थाहा पाएको भन्दै गौरी र टेकराजले बलियो उम्मेदवार बिमला नै भएको दाबी गरे ।

स्थानीय कार्यकर्ता र जनताको माझ वलीले चुनाब जित्ने पक्का भइसकेको दाबी गरिन । बिमलालाई अहिले मतदाताको घरमा पुग्न भ्याई नभ्याई छ । दंगीशरणको सरुवाडाँडाबाट निर्बाचनको प्रचार सुरु गरेकी बिमलाले अहिले प्रचारलाई अन्तिम चरणमा पु¥याएको बताएकी छन् । बिमला अहिले श्रीमानका अधुरा सपना पुरा गर्ने नारा लिएर प्रचार प्रशारमा व्यस्त रहेको बताउँछिन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *