दाङ,मंसिर ३ । नेपाली काँग्रेसका उम्मेदवार केशव आचार्यले मंसिर १४ गते उपनिर्वाचनका दिनसम्म खटिन आग्रह गर्दै त्यसपछि उनीहरुको सेवाको लागि आफु खटिने बताएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. ७ को दुविचौरमा मंगलवार आयोजित चुनावीसभालाई सम्बोधन गदै दाङ क्षेत्र नं. ३ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार आचार्यले त्यस्तो अपिल गरेका हुन ।
‘तपाँईहरु मंसिर १४ गतेसम्म नेपाली काँग्रेसको पक्षमा माहोल निर्माण गर्न खटिनुहोस,’उम्मेदवार आचार्यले भने ‘त्यसपछि म निर्वाचित भएपछि तपाँईको सेवाको लागि खटिने छु।’
नेपाली काँग्रेसको पक्षमा जनलहर देखेर कम्युनिष्टहरु लत्तालिएको भन्दै काँग्रेस उम्मेदवार आचार्यले काँग्रेस जनहरु स्वच्छ, धाँदलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न खटिनुपर्ने धारणा राखे । ‘कम्युनिष्टहरु चुनाव हारिने निश्चित भएपछि विचलित भएका छन्,आत्तिएका छन्,’ उम्मेदवार आचार्यले भने ‘यस्तो अवस्थामा काँग्रेसजनहरु अनुशासित र धैर्यता पूर्वक आफ्नो मतको रक्षामा लाग्न जुरुरी हुनेछ।’
नेपाली काँग्रेस विना विकाश र संवृद्धि संभव नभएको दाबी गरेका उम्मेदवार आचार्यले कम्युनिष्ट सरकारले जनतामाथि करमाथि कर थोपरेर आफु भने सुख सयलको जीवन व्यथित गर्न लागेको आरोप लगाए । अहिले सम्मका हरेक परिवर्तन र विकाश निर्माण काँग्रेसकै कारण संभव भएका बताएका उनले दुई तिहाई बहुमतको कम्युनिष्टको सरकार देखेर जनता निराश भइसकेको दाबी गरे ।
हिजो जनता झुक्काएर चुनाव जितेका कम्युनिष्टहरुले वाँडेका आश्वासन र सपना पुरागर्न तर्फ कुनै भूमिका नखेलेको उनले बताए । ‘काँग्रेस जे भन्छ त्यही गर्छ, जनता झुक्याउँदैन,’ आचार्यले भने ‘ यो देशको विकाश र संवृद्धि काँग्रेस विना संभव छैन भन्ने आज हरेक सचेत जनताले बुझि सकेका छन् ।’
उनले आफुलाई निर्वाचित बनाएर समग्र पश्चिम दाङको विकाशको लागि इमान्दारीपूर्वक भूुमिका खेल्ने आश्वासन दिएका थिए ।