शरद रेग्मी, हापुरे,मसिर १ । केशब आचार्यको संघर्श र शालिनताका कारण जित शुनिश्चित रहेको नेपाली कांग्रेस नेताहरुले बताएका छन् ।
आइतबार पश्चिम दाङको बबई गाउँपालिकाका विभिन्न ठाँउमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्ने नेताहरुले विभिन्न आन्दोलनको नेतृत्वकर्ता आचार्यको जित नै निष्ठाको राजनीतिको जित हुने दावी गरे ।
चुनाबी सभालाइ सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लोकतान्त्रिक आन्दोलनका खम्बा सालिन ब्यक्तित्व आचार्यको जित नै दंगालीहरुको जित हुने बताए ।
पूर्ब मन्त्री गिरीले पश्चिम् दाङको बिकाश कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै गत निर्बाचनमा कांग्रेस पराजित हुँदा पश्चिम दाङबासीलाई ठूलो क्षेति भएको जिकिर गरे ।
यो निर्वाचन सेमी फाइनल भएको भन्दै नेता गिरीले अहिलेको निर्वाचनमा कांग्रेसले जिते मात्रै फाइनलमा कांग्रेसको जित सुनिश्चित हुने तर्क गरे ।
त्यस्तै कार्यक्रमका अर्का बक्ता तथा पुर्ब मन्त्री सन्जय गौतमले कांग्रेस उम्मेदवार आचार्य लोकतान्त्रिक आन्दोलनका एक धरोहर भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि गौतमले कम्युनिष्टका कारण मुलुकको अन्तराष्ट्रिय स्तरमा ब्यइजत भएको टिप्पणी गरे । कम्युनिष्ट सरकारको अन्यायका बिरुद्ध दाङको समृद्धिका लागि नेपाली कांग्रेको चुनाब चिन्ह रुखमा मतदान गर्न उनले अपिल गरे ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले आफु र नेपाली कांग्रेसलाई बिश्वास गर्न अपिल गर्दै अमुल्य मतदान गरि विजयी गराउन आग्रह गरे ।
साथै उनले कम्युनिष्ट सरकार लर्बराउन लागेको भन्दै खबरदारीका लागि पनि यसपटक नेपाली कांग्रेसले जित्नु पर्ने धारणा व्यक्त गरे । बबई गाउँपालिकाका सभापति बलबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले कम्युनिष्टको ज्यादती बिरुद्ध खबरदारी गर्न केशव आचार्यको जित अनिवार्य रहेको बताए ।
राष्ट्रियसभा सदस्य अनिता देबकोटाले कम्युनिष्ट अतिबादलाई झापट दिन कांग्रेसको जित आवश्यक रहेको बताइन ।
कार्यक्रममा संविधानसभा सदस्यहरु बुद्धिराम भण्डारी,पूर्व सांसद गेहेन्द्र गिरी,महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व सभापति घनश्याम रेग्मी, जिल्ला सचिव शंकर डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल बारका पुर्ब अध्यक्ष शेरबहादुर केसी, युवा नेता सुरेश हमाल, महिला नेतृ देबिका नेपाली, तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा स्थानीय तहको निर्बाचनमा एमालेका उम्मेदवार रेश्मा डाँगीको नेतृत्वमा ५१ जना नेपाली कांग्रेसमा पार्टी प्रबेश गरेका थिए । त्यस अघि बिहान हापुरेमा भएको कार्यक्रममा २ सय १५ जना कांग्रेसमा पार्टी प्रबेश गरेका थिए ।
कार्यक्रम वडा ईकाइ सभापति अम्बर भण्डारीको अध्यक्षतामा भएको हो ।