दाङ,कात्तिक २९ । नेपाल कम्युनिस्ट पार्टी दाङले क्षेत्र नम्बर ३ प्रदेशसभा सदस्य पदको उम्मेदवार विमला वलीलाई विजयी बनाउन चुनावी अभियान तीव्र बनाएको छ ।
उम्मेदवा वलीले भोट माग्दै घर दैलोमा पुग्दै पश्चिम दाङको अधुरो विकाशलाई पुरा गर्नको लागि आफुलाई मतदान गर्न आग्रह गर्दै आएकी छन् ।
आफ्ना पतिले थालेका तर अधुरा विकाशका योजना पुरा गर्न आफुलार्य भोट दिन वलीले आग्रह गर्दै आएकी छन् ।
उमेदवार वलीले श्रीमान् गुमाएपछि अब आफू पश्चिम दाङवासीको साथमा बस्न चाहेको भन्दै भोट माग्ने गरेकी छन् ।
प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार