२०८१ असोज २४ गते बिहिवार

बिबिएसमा ज्ञानदिप प्रदेश उत्कृष्ट भएको दाबी


तुलसीपुर, २८ कार्तिक ।
त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको बिबिएस चौथो वर्षको परीक्षाको नतिजामा ज्ञानदीप कलेज तुलसीपुरले प्रदेश नम्वर ५ मै उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार कलेजकी छात्रा दुर्गा शर्माले ७९ प्रतिशत अंक ल्याएर उत्कृष्ट भएकी हुन् । विगतदेखि नै शर्माले प्रदेशमै उत्कृष्ट अंक ल्याउँदै आएकी छन् ।

पढाइमा अब्बल शर्माले उत्कृष्ट अंक ल्याउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन् । त्यस्तैगरी कलेजका छात्र सुशील डाँगीले ७८.६ प्रतिशत अंकका साथमा दोस्रो भएको पनि कलेजका सहप्राचार्य मनोज कुमार केसीले जानकारी दिए । केसीका अनुसार प्रदेशमै सो अनुसार कसैले पनि अंक ल्याउन नसकेको कारण कलेजले उत्कृष्ट अंक ल्याएको हो ।

२०७० सालमा स्थापना भएको कलेजले स्थापना कालदेखि नै उत्कृष्ट अंक ल्याउँदै आएको छ । शिक्षा क्षेत्रमा उत्कृष्ट कार्यसमेत गर्दै आएको कलेजले विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ । कलेजले उत्कृष्ट अंक ल्याउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *