२०८१ असोज २४ गते बिहिवार

कांग्रेस उम्मेदवारलाई सघाउन नेविसघले प्रचार प्रसार समिति बनायो

यमकला भुसाल,तुलसीपुर, कार्तिक २७ ।  मंसिर १४ गते हुन लागेको दाङ क्षेत्र नं ३ (२) को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यलाई अत्याधिक मतले विजयी बनाउन नेपाल विद्यार्थी सघं दाङले प्रचार प्रसार समिति गठन गरेको छ ।

दाङको पश्चिम श्रीगाउमा बुधवार भएको नेविसंघको कार्यसमिति भेलाले ५१ सदस्य प्रचार प्रशार समिति गठन गरेको हो । नेविसंघ दाङका कार्यबहाक सभापति टोपबहादुर बुढाथोकीको सयोजंकत्वमा गठित मुल समिति ५१ सदस्य छ ।

उक्त समितिको सदस्यहरुमा अनिलकुमार कार्की,घनश्याम भण्डारी,किरण केसी,जितेन्द्रप्रकाश वली,अरुण लहरे,सुवास डाँगी,राजिव पाण्डे,बशन्त बस्नेत,प्रकाश चौधरी, बिदुरराज गौतम, प्रदिप गौतम,रागव देवकोटा झुपु क्षेत्री,रोहित न्यौपाने, कैलाश चन्द, रोहित देवकोटा लगाएतका छन् ।

त्यस्तै उक्त प्रचार समितिमा प्रमोद आचार्य,अम्मर डाँगी,नारायण डाँगी, प्रभास लामिछाने, खिमबहादुर डाँगी,गणेश डाँगी, कविता वली,पवित्रा भण्डारी,अञ्जु पोख्रेल,रेशम खराल,रमेश वली,सचिन शाह,खुम केसी,खिमा केसी,सुशीला बस्नेत,दामोदर खत्री,अर्जुन चौधरी, चित्र केसी, रमा चौधरी, सरु चन्द, कल्पना वली,केशव क्षेत्री रहेका छन् ।

त्यसैगरी श्रीराम चौधरी,नविन चौधरी,अमर रेग्मी, निमेश डाँगी,सन्दिप गिरी,अञ्जु पोख्रेल,कोमल कडेल,कविता वली, हिरा थापा मगर,विजय विक,बमबहादुर डाँगी र हिरा डाँगी रहेका छन ।

नेविसंघको भेलाले उपनिर्वाचनमा नेविसंघलार्य परिचालन गर्नका लागि विभिन्न उप–समितिहरु पनि गठन गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१, २ १० र ११ गरि चारवटा वडाको सयोजंकमा किरण केसी, उपसयोंजकमा राजिव पाण्डे र बशन्त बस्नेतलाई खटाइने भेलाले निणर्य गरेको छ ।

त्यस्तै दंगीशरण गाउँपालिकाको सयोजंकमा जितेन्द्रप्रकाश वली र उपसयोंजकमा प्रकाश चौधरीलाई तोकिएको छ । शान्तिनगर गाउँपालिकाको सयोजंकमा सुवाश डाँगी र उपसयोंजकमा बिदुरराज गौतम अनि प्रदिप गौतमलाई परिचालन गर्ने भएको छ ।

त्यस्तै बबई गाउँपालिकाको सयोजंकमा घनश्याम भण्डारीलाई तोकिएको छ भने उपसंयोजकमा हापुरे निवासी झुपु बुढा क्षेत्रीलाई तोकिएको छ ।

 

ध्यानाकर्षण

यसका साथै नेविसंघको भेलाले कार्तिक २६ गते राप्ती बबई क्याम्पस तुलसीपुरमा नेविसघंका अरुण लहरे र अनेरास्ववियुका रविन वलीका बीचमा व्यक्तिगत कुरामा भएको विवादको विषयलाई राजनीतिकरण नगर्न आग्रह पनि गरेको छ ।

व्यक्तिगत कुरालाई राजनीतिक रङ नदिन र कुनैपनि संगठन तथा पार्टीको बदनाम गर्ने कार्य तत्काल रोक्न नेविसंघले सम्वन्धित पक्षलाई ध्यानाकर्षण गराउने निर्णय गरेको कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकीले जानकारी दिए ।

उनले व्यक्तिगत घटनालाई आफ्नो संगठन र माउपार्टीसंग जोडेर भइरहेको बक्तव्यबाजी तथा मिडियाबाजी प्रति ध्यानाकर्षण भएको जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *