२०८१ असोज २४ गते बिहिवार

बबईमा नमूना मतदान– २८ मत खस्दा ५ मत बदर

लिलाधर वली, हापुरे ,कार्तिक २७ ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै पश्चिम दाङको बबई गाउँपालिकामा मंगलवार नमुना मतदान भएको छ । निर्वाचनमा जनताको मतलाई खेर जान नदिने उद्देश्यले नमुना मतदान गरिएको हो ।

नमुना मतदानमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रमुखहरु सहभागी थिए । निर्वाचन प्रणाली, मतदाता शिक्षाका बारेमा अभ्यास गराउन नुमना मतदात कार्यक्रम आयोजना गरिएको थियो । नमूना मतदान कार्यक्रममा २८ मत खसेको थियो ।

जसमा खसेको २८ मत मध्य २३ मत सदर र ५ मत बदर भयो । जिल्ला निर्वाचन अधिकारी बुद्धिबहाहदुर खत्रीले २८ मत खसेकोमा ५ मत बदर हुनले मतदाता शिक्षा थप प्रभाकारी बनाउनु पर्ने अवस्था देखिएको बताए ।

उपनिर्वाचनलाई ध्यानमा राखेर राजनीतिक दलका प्रमुखहरु संग अन्तरक्रिया गर्नुका साथै नमूना मतदान गरिएको निर्वाचन अधिकारी खत्रीले बताए । प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको अध्यक्षतामा अन्तरक्रिया तथा नमुना मतदान कार्यक्रम हापुरेको सभाहलमा भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै दाङका प्रमुख जिल्ला धिकारी गोविन्द रिजालले ढुक्कसंग निर्वाचनमा सहभागी हुन र आफ्नो मतको सही सदुपयोग गर्न आग्रह गरे । उनले निर्वाचन मर्या्दित र शान्तिपूर्ण बनाउन स्थानीयको भूमिका पनि अहम रहने बताए ।

‘तीन घेराको सुरक्षा व्यवस्था हुने छ, निधक्क भएर मतदानामा शरिक भए हुन्छ,’ प्रजिअ रिजालले भनेउनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउनका विगतको निर्वाचनमा संकाशष्पद गतिविधिमा देखिएका कर्मचारी समेत परिचालन नगरिने उल्लेख गरे ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले राजनीतिक आस्थाका आधारमा कुनैपनि कर्मचारी निर्वाचनको फिल्डमा नखटाइने स्पष्ट पारे । कुनैपनि राजनीतिक दलले मतदाताहरुलाई आर्थिक प्रलोभन नदेखाउन सचेत तुल्याए ।

त्यसक्रममा प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापा र जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्रीले निर्वाचन आचारसंहिताका बारेमा अवगत गराएका थिए ।

उक्त बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, दंगिशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *