२०८२ असार २७ गते शनिवार

नेविसंघ भोलि विहान तुलसीपुरमा विरोध पर्दशन गर्ने

तुलसीपुर, कार्तिक २७ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले बुधवार तुलसीपुरमा विरोध पर्दशन गर्ने भएको छ ।

भारतले नेपाली भूमी समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा तुलसीपुरमा विरोध पर्दशन गर्न लागेको नेविसंघका जिल्ला सदस्य किरण केसीले फरककोणलाई बताए ।

नेपाली भूमी कालापानी र लिपुलेक समेटेर भारतले नयाँ नक्सा जारी गरेको विरोधमा देशव्यापी रुपमा विरोध र पर्दशन हुँदै आएको छ ।

केसीले तुलसीपुरमा हुने विरोध पर्दशनमा उपस्थितिका लागि सम्पुर्ण सचेत नागरिकलाई आग्रह गरेको छ । विरोध पर्दशन विहान ७ बजे तुलसीपुरको विपी चोकबाट सुरु हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *