२०८१ असोज २९ गते मङ्गलवार

नगर प्रवक्ताले खोले वडामा लागेको ताला


तुलसीपुर, २६ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ वडा कार्यालयमा लागेको ताला खोलिएको छ । वडा कार्यालयले मनोमानी ढंगले जनअपेक्षा विपरीत योजना सञ्चालन गरेको आरोप लगाउँदै नेकपा वडा नम्वर १३ को कमिटीले आइतबार वडामा ताला लगाएको थियो ।

वडा कार्यालयले सञ्चालन गर्ने योजनाका बारेमा छलफल गर्ने सहमतिपश्चात नगर प्रवक्ता सूर्यबहादुर डाँगीको रोवहरमा ताला खोलिएको हो ।वडाका जनप्रतिनिधि र नेकपा वडा कमिटीका पदाधिकारीबीच वार्ताका माध्यमबाट समस्या समाधान गर्ने सहमति भएपछि ताला खोलिएको प्रवक्ता डाँगीले बताए ।

तालाबन्दीबाट समस्याको समाधान नहुने भन्दै वार्ताका माध्यमबाट अगाडि वढ्न आह्वान गरिएको समेत उनले बताए । यता नेकपा वडा कमिटी अध्यक्ष हुमवहादुर नेपालीले वडाले मनोमानी ढंगले योजना सञ्चालन गरेको भन्दै तालाबन्दी गरेको बताए ।

उनले राजनीतिक पूर्वाग्रहमा तालाबन्दी नगरिएको पनि जानकारी दिए । “कतै चिप्लो बाटो अनि कतै एउटा गाडी छिर्न पनि गाह्रो हुने यस्तो विभेद अन्त्य गर्नका लागि तालाबन्दी गरिएको हो” नेपालीले भने ।

उनले वडालाई अल्टिमेटमसहित पत्र पठाउँदा पनि वास्ता नगरेपछि बाध्य भएको तालाबन्दी गरिएको बताए । “हामीले वार्ताबाट समाधान खोजौंभन्दा पनि वडा अध्यक्षले मान्नुभएन त्यसपछि विकल्पहीन भएर यस्तो गरिएको हो” नेपालीले भने ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *