२०८१ असोज २५ गते शुक्रवार

सत्तासिन दलकै नेताले वडा कार्यालयमा ताला लगाइदिए

दाङ,कात्तिक २४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ रनियापुरस्थित वडा कार्यालयमा सत्तासिन दल नेकपाका नेता कार्यकर्ताले तालावन्दी गरिदिएका छन् ।

आइतवार मध्यान्ह १२ बजेतिर दलबल सहित पुगेका नेकपाका नेताहरुले सडक निर्माण उपभोक्ता समितिमा आफुहरुको समेत प्रतिनिधित्व हुनुपर्ने भन्दै वडा कार्यालयमा तालावन्दी गरेको वडा अध्यक्ष डम्मरबहादुर न्यौंपानेले जानकारी दिए ।

वडा अध्यक्ष न्यौंपानेले नेकपाको वडा अध्यक्ष पदमा आफुसंगै प्रतिपर्धा गरेका मोहन पौडेलको नेतृत्वमा आएको टोलीले वडा कार्यालयका ३ वटै कोठामा तालावन्दी गरेको बताए । वडा कर्यालयमा तलावन्दी गर्न नेकपाका वडा नं. १३ का अध्यक्ष हुमबहादुर नेपाली पनि गएका थिए । नेपाली रनियापुर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन ।

वडा कार्यालयमा ताला लगाउन उक्त विद्यालयका शिक्षक काँशीराम खड्का, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष देवबहादुर विक समेत गएको वडा अध्यक्ष न्यौैंपानेले बताए । ‘हामीलाई कोठा भित्रै थुन्लान झैं गरेका थिए,’ वडा अध्यक्ष न्यौंपानेले भने ‘ वडाका तीन वटै कोठामा ताला लगाइदिए पछि सचिव लगाएका सबै कर्मचारी दिनभर बाहिरै बसेर फर्किनु भयो।’

फूलवारी अन्तरगत राप्ती राजमार्गदेखि पनालीवोट सम्म जाने २ सय ९० मिटर सडक खण्ड कालोपत्रे गर्न गत आर्थिक वर्ष २०७५÷०७६ मा वडाको ४० लाख बजेट छुट्याइएको थियो ।

त्यो सडक निर्माण गर्न गत असारमा रामबहादुर देवकोटाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । ९ सदस्य उक्त उपभोक्ता समितिको सचिवमा तिर्थराज चौधरी, कोषाध्यक्ष स्यानी चौधरी र अन्य सदस्यहरु छन् । उक्त उपभोक्ता समिति अन्तगरगत अनुगमन समितिको संयोजकमा कालिकाप्रशाद पौडेल छन् । त्यसमा नेकपावाट शान्ता वली र तीर्थराज चौधरी समेत अनुगमन समितिमा छन् ।

राप्ती राजमार्गदेखि पनालीवोट सम्म जाने सडक निर्माणको लागि यही कात्तिक महिनामा स्टिमेट समेत भइसकेको छ । तर आज आएर नेकपाले सडक निर्माण गर्न गठित उपभोक्ता समितिमा आफ्नोपनि भागवण्डा खोजेपछि समस्या उत्पन्न भएको छ । ताला लगाउन गएका मध्य एक वडा अध्यक्ष पदका प्रत्यासी मोहन पौडेलेपनि गोप्य रुपमा उपभोक्ता समिति गठन गरेको भन्दै त्यसमा नेकपालाई बाईपास गरिएको भन्दै विरोध जनाए ।

त्यस्तै उनले वडा नं. १३ मा ३ वटा मन्दिरहरु रहेको भएपनि ती मन्दिरहरुलाई एक रुपैंयापनि बजेट नदिएर वडा नं. १२ स्थित सितलपुर मन्दिरलाई ३ लाख रुपैंया बजेट दिएको भन्दै विरोध गरे ।

नेकपाका नेता पौडेलले वडा कार्यालयमा ताला लगानु पर्नाको अर्कौ मुख्य कारण संगिता विकको उपचारको लागि वडाले बजेट नछुट्याउनुलाई पनि अथ्र्याए । विक केही समय पहिले घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिना पुग्दा घाइते भई हाल काठमान्डौंमा उपचाररत छिन ।

तुलसीपुर वडा नं. १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौंपानेले भने सडक निर्माणमा नेकपाले भागवण्डा खोजेर विकाश निर्माणमा अवरोध सृजना गर्न खोजेको बताए । ‘काँग्रेले गर्न थालेको विकाश निर्माणमा बाँझो हाल्न र काम हुन नदिने विकाश विरोधी सरकार निकटका तत्वहरुले चलखेल गर्दै भागवण्डा खोज्नु आँफैमा हाँस्याष्पद हो,’ वडा अध्यक्षले भने ।

उनले कुनैपनि बाहानामा विकाशमा भाँजो हाल्ने खेल भए त्यो सैह्य नहुने चेतावनी पनि दिए ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *