शंकर केसी,
सल्यान, कार्तिक १९ । सल्यानको शारदा नगरपालिकाले एक हजार सात सय बढी किशोरीलाई सेनेटरी प्याड वितरण गरेको छ । नगरभित्रका विद्यालयमा अध्यनरत छात्राहरुलाई निःशुल्क प्याड उपलब्ध गराइएको हो ।
महिनावारीको समयमा छात्रालाई सजिलो होस भनेर बिद्यालयमा प्याड वितरण गरिएको हो ।
त्यसले महिनावारीको समयमा विद्यालय छोड्ने संख्या घट्नुका साथै शैक्षिक सिकाई प्रभावकारी हुने आशा गरिएको छ ।
नगर भित्रका १४ वटा माविहरुमा पहिलो प्राथमिकतामा राखेर सेनेटरी प्याड बितरण गरिएको हो ।
तर आवश्यक्ता अनुसार नगर भित्रका करिव ५ दर्जन स्कुलहरुमा यो अभियान बिस्तार गरिने नगर स्वास्थ्य प्रमुख रबिन बिष्टले जानकारी दिए ।
त्यसैको प्रयास स्वरुप सोमवारदेखि नगरपालिकाको वडा नम्बर १ सितलपाटीमा रहेको शिबजन माविबाट प्याड बितरण कार्य सुरु गरिएको हो ।
प्रकाशित मिति : २०७६ कार्तिक १९ गते मङ्गलवार