२०८१ असोज २९ गते मङ्गलवार

५ नं. प्रदेशको राजधानी नयाँ ठाउँमा खोजिरहेका छौं – प्रचण्ड


दाङ,कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ५ नं. प्रदेशको राजधानी नयाँ ठाउँमा राख्नु उचित हुने बताएका छन् । प्रेस सेन्टर बाँकेले मंगलवार विहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले भौगोलिक र जातिय बनावटका आधारमा सेन्टरमा राजधानी हुनुपर्ने तर्क गरे ।

‘राजनीतिक नाफा नोक्सानका लागि हैन जनताको हितको लागि नयाँ ठाउँ भएपनि खोज्नु पर्छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ‘त्यो उचित हुन्छ र हामी त्यसैमा लागि रहेका छौं।’ उनले धेरै विश्वका धेरै ठाउँमा पुराना भन्दा नयाँ ठाउँमा स्थापना भएका राजधानी सफल रहेको बताए । ‘म दाङमा जाँदा होस वा अरु जिल्लामा जहाँ जाँदापनि सेन्टरमै हुनुपर्छ भन्दै आइरहेको छु,’ प्रचण्डले भने ।

प्रदेश प्रमुखको परिवर्तत र नयाँ नियुक्तिको प्रक्रिया सरकारको एउटा सामान्ने प्रक्रिया मान्नुपर्ने धारणा राखे । प्रदेश प्रमुखले सरकारका प्रतिनिधिका रुपमा काम गर्ने हुँदा बाहिर तिर सरकार बदलिने वित्तिकै नैतिकताको आधारमा राजिनामा दिने प्रचलन रहेको उनको तर्क थियो । ‘ हाम्रो सरकार लिवरल भएर दुई वर्ष काम गर्न दियौं,’ प्रचण्डले भने ‘प्रदेश प्रमुख परिवर्तन र नयाँ नियुक्त ठूलो कुरा होइन।’

अघिल्लो सरकारको नियुक्त भएको हुँदा उपप्रधानमन्त्री उपेन्द्र यादवले सोधेन भन्नुको अर्थ नरहेको उनले बताए । तर उनले त्यो विषयमा यादव संग आफुले छलफल गरेको जानकारी दिए । त्यस्तै उनले नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेख्नु सामान्ने कुरा मान्नुपर्ने बताए । ‘उहाँले मान्दिन भन्नु भएको छैन, त्यसमा आफ्नो सहमति छैन मात्रै भन्नु भएको छ । यो सामान्ने कुरा हो,’ प्रचण्डले भने । नेपालले एक दुई जनाको नाम प्रदेश प्रमुखका लागि प्रस्ताव गरेको तथा उनीहरुको लागि निकै जोड गरेको भएपनि ती नामहरु नपरेपछि नोट अफ डिसेन्ट लेखेको हुन सक्ने प्रचण्डले बताए ।

त्यस्तै प्रचण्डले उपनिर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाइ सकेको हुँदा अब चुनावको तयारीमा नेकपा लागेको जानकारी दिए । अध्यक्षको नाताले पछिल्लो समय आफु देश दौडामा निस्कन र कार्यकर्ता परिचालन गर्नु आफ्नो अधिकार भएको प्रचण्डले बताए । देशका विभिन्न ठाउँका बुद्धिजिवी,कार्यकर्ताका गुनासोहरु तथा कुराहरु सिंहदरवारमा पु¥याउने काम आफुले गर्दै आएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।

मंगलवार बाँकेमा नेकपाको प्रदेश स्तरिय प्रशिक्षणलाई सम्वोधन गर्न आएका प्रचण्डले बुधवार दाङको तुलसीपुरमा त्यस्तै प्रशिक्षणलाई सम्वोधन गर्न आउने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *