२०८२ असार ३० गते मङ्गलवार

नेकपा सचिवालयले छानेका सात नयाँ प्रदेश प्रमुख

काठमाडौं, कात्तिक ,१८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले नयाँ प्रदेश प्रमुखहरू छानेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको नेकपाको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख बनाउन सात जनाको नाम छानेको हो ।

बैठकपछि बोल्दै नेकपा महासचिव बिष्णु पौडेलले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको जानकारी दिए ।
कसलाई कुन प्रदेशमा खटाउने भन्ने कुरा मन्त्रिपरिषद् बैठकले टुंग्याउने महासचिव पौडेलले बताए । आजै बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने छ ।

आइतबारको मन्त्रिपरिषद बैठकले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *