
काठमान्डौं,कात्तिक १४ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आइतबारभित्र उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।
लोकप्रिय र स्थानीय स्तरमा काम गरेका नेता छानेर उम्मेदवार चयन गर्ने कांग्रेसको तयारी छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार सोही सम्वन्धमा नेताहरुको बीचमा छलफल भएको थियो ।
प्रबक्ता विश्वराज शर्माका अनुसार भोलि (शुक्रबार) दिउँसो १ बजे केन्द्रीय समिति बैठक फेरि त्यसैको लागि डाकिएको छ। त्यसपछि आइतबार बस्ने पदाधिकारी बैठकले नाम टुंग्याउने शमाले जानकारी दिए । यो पटक गुट भन्दापनि सर्वसहमतिमा चुनाव जित्ने उम्मेदवार खोजी गरिने शर्माले दाबी गरे ।
दाङको निर्वाचन क्षेत्र नम्वर ३ (२) र घोराही उपमहानगरपालिका वडा नं. १६ लगाएत रिक्त रहेका स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने छ।
दाङ, भक्तपुर र बागलुङमा प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । पोखरमा एक संघीय क्षेत्र र तीन प्रदेशसभा क्षेत्रसहित रिक्त स्थानीय तहहरूको निर्वाचन हुने छ ।
