२०८२ असार २७ गते शनिवार

तिहार कसरी मनाउने ?

शनिवारदेखि तिहार सुरु भएको छ । यही अवसरमा सहकर्मी यमकला भुसालले तुलसीपुर क्षेत्रका केही जनप्रतिनिधि, उद्योगी,अधिकारकर्मी र विद्यार्थी नेतालाई तिहार कसरी मनाउनु पर्छ र तपाँई कसरी मनाउँदै हुनु हुन्छ ? भनेर प्रश्न सोधेकी छन् ।

१– सुरेन्द्र खड्काः नेपाली काँग्रेस नेता
तिहारलाई हामीले मनोरञ्जनका साथ आफ्नो परम्परा, रितिरिवाज,धर्म सस्कृतिलाई जोगाउदै मनाउनु पर्छ । पछिल्लो समय चाडपर्वका नाममा विकृतिहरु बढ्दै जानु राम्रो होइन । ती विकृतिको विपक्षमा सबै सचेत नागरिक उभिनु पर्छ ।

रमाईलो गर्ने नामा चाडपर्वको समयमा धेरै मादक पदार्थ सेवन गरि हो–हल्ला गर्ने,मात्तिने जस्ता कुराहरुको अन्त्य आवश्यक छ । त्यसमा अभिभावक,समाज र प्रहरी प्रशासन सजग रहनु पर्छ । आफ्नो रक्षाचौरस्थित घरमा बहिनीसंग टिका लगाउने छु । घर परिवारका सबै सदस्यको जमघट खास महत्वको हुने गर्छ ।

२– नवराज लामिछाने ः वडा अध्यक्ष तुलसीपुर ६
सर्वप्रथम,त शुभदिपावलीको सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा शुभकामना दिन चाहान्छु । हिन्दुहरुको महान चाड भाईटिका,दिदि–बहिनी,दाजुभाईले एक अर्कालाई सम्मान गर्र्ने कार्यक्रम हो । यो पर्व परम्परागत हिसावले मैले मनाउँदै आएको छु । विभिन्न पूजाहरु गर्दे भाई टिकाको दिन टिका लगाउने,मिठा परिकार खाने,एक आपसमा खुसी साटासाट गर्ने र आर्शिवाद आदान प्रदान गरि मनाउनु राम्रो हो ।

मेरो बिचारमा बालापनमा जति रमाइलो हुथ्यो,अहिले मलाई त्यती रमाइलो लाग्दैन । तर पनि हामीले हाम्रो परम्परागत रितिरिवाजलाई जोगाउनका लागि आयातित संस्कृति भन्दा आफ्नै मौलिक संस्कृति जगेर्ना गर्दै चाडपर्व मनाउनु पर्छ ।

३– बिमल रिजाल : समाजिक अभियान्ता÷व्यवसायी
तिहार हाम्रो मौलिक पर्व हो । यसले दाजु भाई र दिदी बहिनी बीचको आत्मियता तथा सम्वन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्छ। तर पछिल्लो समय मौलिक र परम्परागत गीत संस्कृति छोडेर डिजे र साउन्ड सिष्टममा देउसी भैलो खेल्ने गरिन्छ । जो त्यति उचित लाग्दैन । हाम्रै मौलिक बाजा गाजा र मौलिक गीत संगितमा देउली भैलो खेल्न आवश्यक छ ।

चाडपर्व भड्किलो तरीकाले मनाउनु सही हैन । चाडपर्व मनाउने शैली परिवर्तन भएको छ त्यसलाई सुर्धान जरुरी छ ।विगतका वर्ष झैँ नेपाली पनले आफ्नो सस्कृति अनुसार तुलसीपुरमै तिहार म मनाउने तयारी गरिरहेको छु ।

४– सुस्मा गिरीः महिला अधिकारकर्मी
तिहार मलाई खास लाग्छ । भाइ टिकाले, दिदी बहिनी दाजु भाईहरुको भेट हुने तथा एक आपसमा माया प्रेम सद्भाब बषउँछ । आपसी सम्बन्ध ताजगी बनाउन मद्दत गर्छ । तिहारमा सप्तरंगी टिका,फुलमाला लगाएर दाजु भाईलाई मिठा मिठा खानेकुरा खान दिन पाउँदा म प्रफुल्लित बन्छ ।

चाडपर्वका नाममा विभिन्न किसिमका बिकृति विसंगती भने राम्रो लाग्दैन । जुवा तासदेखि लिएर मादक पदार्थ सेवन गर्नु गलत हो । त्यसले महिला र बालबालिका माथि हिंसा उत्पन्न गर्छ । मैले पनि धर्म सस्कृति अनुसार तिहारलाई सहज र सरल तरिकाले तुलसीपुरमै मनाउने तयारी गरिरहेकी छु ।

५– घनश्याम ढकालः वडा अध्यक्ष तुलसीपुर ९
सबै भन्दा पहिले शुभ दीपावलीको सम्पुर्ण नेपालीहरुमा शुभ कामना । तिहार भनेपछि म झिलिमिली सम्झन्छु । घर घरमा उज्यालो देख्दा मन सारै खुसीले गदगद हुन्छ । तिहारलाई बिशेष गरि देउसीभैलो खेल्ने,टाढा टाढाबाट दाजु बहिनी जम्मा हुने,एक अर्काप्रति आत्मियता बढाउने पर्वका रुपमा मनाउनु पर्छ ।

मलाई पछिल्लो समय देउसी भैलो खेल्ने नाममा तोकेरै रकम माग्ने र धनीको घरमा पैंशाको लागि मात्रै देउसी भैलो खेल्ने प्रवृति निको लाग्दैन । डिजे,स्पिकरको प्रयोग गरि खेल्ने भैलोले हाम्रो मौलिक संस्कृति जोखिममा पर्दै गएको छ । यसमा सबै सजग हुन आवश्यक छ । पहिले जस्तै हाम्रै मौलिक लोकभाका, मादल,बाँसुरीहरु बजाएर भैलो खेल्नु राम्रो हो । हाम्रा मौलिक र पुराना रितिरिवाज,सस्कृतिलाई जोगाउनु पर्छ ।

६– बिदुरराज गौतमः नेता नेविसंघ
सर्व प्रथम यहाँलाई धन्यवाद र शुभकामना । तपाँईको तिहार खास बनोस । म तिहार भनेपछि पहिले आमाले लक्सरै माटाको पालामा घरको भित्रदेखि आँगन सम्म बालेको बत्ति सम्झन्छु । घरका सबै झ्याल,ढोका र बार्दलीमा माटोको पालामा तोरीको तेल हालेर बाल्ने बत्ति मेरो मानस पटलमा अmभैं ताजै छन् । सबै ठाउँमा बिजुली बत्ति नपुग्दा पछि मम बत्ति बाल्न थालियो । तर आज विजुली बत्तिको झिलिमिलीले घरहरु उज्यालो पारिन्छ ।

पहिले खेलिने देउसी भैलोको खास महत्व हुन्थ्यो । मादल, बाँसुरीको तालमा आफ्नै मौलिक गीतमा नाचिन्थ्यो । सबै घरहरुमा भैलो खेलिन्थ्यो । आज ठूला ठूला घर हेरेर भैलो खेलिन्छ । गाडी बुक गरेर हिडिन्छ। साउन्ड सिष्टम घन्काएर बाह्य मुलुकका गीत संगीतमा नाच्ने प्रवृति मलाई राम्रो लाग्दैन ।

तिहार भन्दै जुवा तास खेल्ने तथा मदिरा सेवन गर्ने प्रवृति पनि मलाई निको लाग्दैन । हामीले आपसी सम्वन्ध थप मजवुत बनाउन पर्वहरु मनाउनु पर्छ । देखासिकी गरेर पर्व मनाउनु हुँदैन । सबै भन्दा युवाहरु यसमा सजग नभए भोलि हाम्रो मौलिक पर्व मासिने खतरा रहन्छ ।

मैले विगतका वर्षहरु झैँ यसपाली पनि विजौरीमै तिहार मनाउँदै छु । बहिनी र फुपुहरुको हातबाट टिका लगाउने छु । साथीहरु संग खुसी साट्दै र रमाउँदै देउसी भैलो खेल्ने छु । म सम्पूर्ण युवाहरुमा आग्रह पनि गर्न चाहान्छु कि, देउसी भैलो खेलेको रकम सकभर सामाजिक कार्यमा खर्च गरौं ।

सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *