दाङ,कार्तिक ९ । आगामी मंसिर २७ र २८ गते हुने भनिएको मानव अधिकार तथा शान्ति समाज केन्द्रिय कार्यसमितिको २२ औं राष्ट्रिय परिषदको तयारी बारे दाङमा बैठक भएको छ । स्वयमसेवि संस्थाको रुपमा २०५३ सालमा स्थापना भएको शान्ति समाजले प्रत्येक बर्ष राष्ट्रिय परिषद् बैठक (केन्द्रिय साधारण सभा) र दुई बर्षमा राष्ट्रिय परिषद् बैठक (महा अधिबेसन) गर्दै आएको छ । यो पटकको राष्ट्रिय परिषद् बैठक दाङमा हुन लागेको हुँदा तयारी बैठक भएको शाखा सभापति शरद रेग्मीले जानकारी दिए ।
दाङ शाखाको आतिथ्यमा हुने उक्त बैठकमा केन्द्रिय कार्यसमिति,केन्द्रिय सल्लाहकार कमिटि,जिल्ला शााखा सभापति, प्रतिनिधि तथा परिबेक्षक समेत गरि करिव १ सय ५० बढी अभियान्ताहरु आउने छन् । त्यस अवसरमा भावि कार्यक्रम र रणनीतिका बारेमा छलफल हुने छ । दाङमा शान्ति पद यात्रा, शान्ति काब्य र (स्कुल भिजिट) मानव अधिकार,बाल अधिकार र दुब्र्यसनी बिरुद्धको अभियान कार्यक्रम हुने सभाजका महासचिब सुशिल बस्नेतले बताएका छन् । बैठकले शाखा सभापति शरद रेग्मीको संयोजकत्वमा मुल तयारी समिति गठन गरेको छ ।
त्यस्तै शाखा उपसभापति तुलसीराम सुनारको संयोजकत्वमा सुरेश हमाल,सुरेश श्रेष्ठ,बिनिल केसी, कमल डाँगी, नविन पोख्रेल, तिलसरा पुन सदस्य रहेको समिति गठन गरेको छ ।आर्थिक संकलन उपसमितिमा शाखा सदस्य हेमेन्द्र खड्काको संयोजकत्वमा सन्दिपन रिजाल,निर्मल खड्का रहेको रहेको उपसमिति गठन भएको छ ।
आवास ब्यबस्थापन उपसमिति,शाखा सचिब निर्मला डाँगीको संयोजकत्वमा गठन गरिएको छ । त्यस्तै सल्लाहकार लिलाध्वज बस्नेत,सहसचिब उषा गौतम,सदस्य सम्झना डाँगी,सदस्य कमला चन्द रहेको भोजन ब्यबस्थापन उपसमिति गठन भएको छ । कोषाध्यक्ष अमृतप्रसाद शर्माको संयोजकत्वमा शाखाका पूर्ब सभापति निर्मल नेपाली, सदस्य माधव बस्नेत,अरबिन्द चौधरी रहेको मञ्च तथा स्वागतद्धार उपसमिति गठन गरिएको छ ।