रोल्पा,कात्तिक ९ । उपराष्ट्रपति नन्दबहादुर पुन तिहार मनाउन आफ्नो पुख्यौली घर रोल्पा आएका छन्। उनको जन्मघर रोल्पाको परिवर्तन गाउँपालिका–२ रांसीस्थित डाँडागाउँमा पर्छ । तिहारमा दिदी बहिनी संग टिका थाप्न उनी जन्म घर आएका हुन ।
पुन उपराष्ट्रपति भएपछि दोस्रो पटक रोल्पा आएका हुन । पहिलो पटक उपराष्ट्रपति हुँदापनि घर आएका थिए । स्थानीय सरकार गठन भएपछि पहिलो पटक जन्म घर फर्किएका पुनको स्वागतमा स्थानीयले बाजा गाजासहितको झाँकी निकालेका थिए ।
उनले स्थानीय जनप्रतिनिधिसंग पनि घेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार