कात्तिक ८। रौतहट हत्या प्रकरणका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई थप आठ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
रौतहटमा सामूहिक हत्यालगायतका आरोपमा पक्राउ परेका आलमलाई थप आठ दिन हिरासतमै राखेर अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले तेश्रोपटक म्याद थप गरेको हो ।
दोस्राे पटक थपिएको पाँच दिनको अवधि सकिए पनि अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले १० दिन थप थुनामै राखेर अनुसन्धान गर्न माग गरेकोमा न्यायाधीश केशव पाण्डेको इजलासले आठ दिनको समय दिएको हो ।
प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार