२०८१ असोज २४ गते बिहिवार

कात्तिक १३ गते सार्बजनिक बिदा


कत्तिक ६ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ । नेवारी समुदायले १३ गते मात्रै भाइटीका गर्ने भएपछि बिदा घोषणा गरिएको हो।

पञ्चाङ्ग निर्णायक समितिले तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिन सरकारलाई सुझाएको थियो । संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरू डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनकाजी महर्जनलगायतको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर १३ कात्तिकमा पनि बिदा दिन आग्रह गरेका थिए ।

अब नेवार समुदायले कात्तिक ११ गते लक्ष्मीपूजा, १२ गते म्हपूजा र न्हुँ द तथा १३ गते भाइटीका गर्ने भएका छन्।

 

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *