२०८१ असोज २९ गते मङ्गलवार

वैद्य नेतृत्वको माओवादीद्वारा उपनिर्वाचन बहिस्कार

कार्तिक ४ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने बताएको छ । नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिएको जानकारी गराएका छन ।

नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो ।

पहिले भाग लिइसकेको निर्वाचन अहिले किन बहिस्कार गर्ने भन्ने प्रश्नमा नेता गजुरेलले भने ‘निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्दछ । कार्यनीति अन्तर्गत कहिले भाग लिने कहिले नलिने हुन्छ ।’

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता गजुरेलले आफूहरुले अहिलेको संविधान, सरकार र व्यवस्थाकै विकल्प खोजेको बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *