दाङ, कात्तिक २ । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिनिया राष्ट्रपति सी जिङफिङको पथ अंगिकार गर्छ भन्नु गतल भएको नेता युवराज ज्ञवालीले बताएका छन् ।फरककोण संग कुरा गर्दै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री ज्ञवालीले नेपाली कम्युनिष्टले ‘सी’को पथ अंगिकार गर्न नसक्ने स्पष्ट पारे । ‘म प्रष्ट रुपमा के बताउन चाहान्छु भनेपछि एकदमै हामी सी पथमा छै नौं,’ नेता ज्ञवालीले थपे ‘सी जीङफिङ बीचार धारा लागु गर्न नेकपामा संभव छैन । त्यो यहाँ लागु हुँदैन।’ उनले नेकपा बहुलवाद स्वीकार्यदै बहुदलिय प्रतिपर्धात्मक पद्धति अनुसरण गरिरहेको पार्टी भएको उनले स्पष्ट पारे ।
‘हाम्रो संविधानमै त्यही कुरा उल्लेख छ भने हामी कसरी त्यसको विपरित चल्न संभव छ,’ ज्ञवालीले प्रश्न गरे । उनले संविधानको मर्म भन्दा बाहिर जान नमिल्ने स्पष्ट पार्दै समाजवाद नेकपाको अभिष्ट भएपनि साम्यवाद अभिष्ट हुन नसक्ने उल्लेख गरे ।
नेपालमा बहुदलिय प्रतिपर्धा रहेको र चीनमा बहुदलिय सहयोगी पद्धती रहेको हुँदा ‘सी’ पथ अनुशरण गर्न संभव नभएको उनले बताए । चीनमा अन्यपार्टीहरु रहेतापनि उनीहरु सहयोगी जस्तो मात्रै रहेको हुँदा चीनमा बहुदलिय प्रतिपर्धाको पद्धति नरहेको भन्दै नेपालको नेकपा र चीनको राजनीतिमा धेरै अन्तर रहेको धारणा राखे ।
‘हामी नेपालमा सबै पार्टी मिलेर राणा,पञ्चात र राजा फालेका हौं,’ नेता ज्ञवालीले भने ‘ चीनमा लाल सेनाले कब्जा गरेको हो । त्यसैले नेपाल र चीनको राजनीतिक परिपाटी मिल्दैन ।’ चीनिया कम्युनिष्ट पार्टीको विचार धारा अनशरण गर्न नेपालमा संभव नभएको बताएपनि चीनिया मोडेलको विकास भने अनुशरण गर्नुपर्ने उनको तर्क छ । ‘अर्थतन्त्रमा विश्वकै उदयमान शक्ति चीन र तेस्रो ठूलो शक्ति भारतको विकाशको मोडल नेपालले अनुशरण गर्न आवश्यक छ,’ ज्ञवालीले भने ।
चीनिया राष्ट्रपतिको नेपाल भ्रमणमा कतिपयले नेकपा उत्तरतर्फ ढल्कन लागेको भनेर गरेको टिप्पनीलाई उनले चिन्तनको समस्याको रुपमा औंल्याए । ज्ञवालीले भने –‘भारतीय प्रधानमन्त्री यो बीचमा तीन पटक नेपाल आइसक्दा चीनका राष्ट्रपति २३ बर्षको अन्तरालमा जम्मा एक पटक मात्रै नेपाल आएका छन् । त्यो कुरापनि मनन् गर्न आवश्यक छ।’
नेपालमा गान्धी विचारधारा, नेहरु विचार धारा, अमेरीकी प्रथम राष्ट्रपति अब्राहम लिंकनको बीचार धारका बारेमा बहस हुन हुने तर माओ तथा चीनिया राष्ट्रपति ‘सी’को बीचार धाराका बारेमा छलफल नै हुनु हुन्न भन्ने चिन्तन सही नभएको उनले बताए ।
विकास निर्माण र संवृद्धि ल्याउने कुराहरु भारत,चीन वा अमेरीका जुनदेशको बाटोपनि अनुशरण गर्न नेपाल तयार हुनु पर्ने ज्ञवालीले तर्क गरे ।
निवर्तमान सभामुख कृष्णबहादुर महरा काण्डले महराको मात्रै नभएर पार्टीकै शाखमा आँच पुगेको उनले टिप्पनी गरे । ‘महराजीको बारेमा अदालतले अन्तिम निर्णय गर्ला,’ ज्ञवालीले थपे ‘तर यसले महरालाई मात्रै हैन पार्टीको शाखपनि गिरेको सत्य हो।’ उनले पद शत्ता र शक्तिमा बसेकाहरुका गतिविधिका बारेमा निगरानी नगर्नुको परिनाम महरा काण्डलाई लिनुपर्ने धारणा राखे । उनले श्रम नगर्ने तर राजनीतिलाई व्यापार बनाउन खोज्ने संकृतिले पार्टीहरु खोक्रो बन्दै जाने चिन्ता जाहेर गरे ।
भ्रष्टचार डरलाग्दो गरि मौलाएको भन्दै उनले चिन्ता जाहेर गरे । ‘मैले जितेको छु । पाँच वर्षसम्म जे गरेपनि हुन्छ भन्दै मनपरी नगर्नुहोस,’ज्ञवालीले भने‘ राजनीति सेवाको लागि हो । जनताको खुन पसिनामाथि नखेल्नुहोस । त्यसो गर्दा जनताले यो कार्यकालपछि तपाँईलाई सदाका लागि तिरस्कार गर्न सक्नेछन्।’ श्रम नगर्ने, स्थानीय स्रोत साधनको दोहन गर्ने, ठेक्का पट्टावाट लाभलिनेहरु ठूला अपराधि भएको उनले अथ्र्याए ।
उनले विप्लवलाई हत्या हिंसाको राजनीति त्याग्न तथा केही समस्या भए वार्ता र सम्वाद मार्फत समाधान गर्नका लागि अग्रसर हुन आग्रह गरे ।