२०८१ असोज २४ गते बिहिवार

प्रदेश निर्वाचनको लागि काँग्रेसले दश नेताको नाम सिफारिस गर्यो


दाङ, कात्तिक १ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचिनका लागि नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. ३ (२) ले दश जना नेताको नाम सिफारिस गरेको छ ।काँग्रेस क्षेत्र नं. ३ (२)का प्रदेश सभापति खिमबहादुर वलीको अध्यक्षता र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु बुद्धिराम भण्डारी, केशव आचार्य, कमानसिंह डाँगी, मिथिला शाह, टिका घर्ती, खिमप्रशाद खराल लगाएको उपस्थितिमा विहीवार क्षेत्रीय पार्टी कार्यालयमा बसेको बैठकले दश जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।

नेपाली ब्रणानुक्रम अनुसार सिफारिस गरिएको नामहरुमा अग्रह नेतादेखि पार्टी सचिव, क्षेत्रीय सभापति, तरुण अध्यक्ष र यातायात क्षेत्रका नेता समेतको नाम छ ।
यी हुन दश जना सिफारिस गरिएका नामहरु –
१- किरण शाह
२- केशव आचार्य
३- खिमप्रशाद खराल
४- चुडामणि कँडेल
५- जगतबहादुर खड्का
६- भरत केसी
७- मदन रसिक
८- टिका घर्ती
९- शंकर डाँगी

१०- सुरेश हमाल छन् ।

नेपाली काँग्रेसको विधानमा भने जम्मा ३ जनाको मात्रै नाम सिफारिस गर्ने भन्ने उल्लेख छ । दश जनाको नाम रिफारिस भएपछि कतिपयले त्यसलाई विधान विपरितको कार्य भन्ने टिप्पनी गरेका छन् । तर, नेपाली काँग्रेस ३ (२) का सभापति खिमबहादुर वलीले भने सबैको सल्लाहमा ती नामहरु सिफारिस भएको प्रतिक्रिया दिए । ‘कस्को नाम सिफारिस गर्ने र कस्को नगर्ने भन्ने समस्या उत्पन्न भयो । त्यसैले दशै जनाको नाम पठाम भन्ने निष्कर्षमा पुगेका हौं,’ सभापति वलीले भने । निश्चित मापदण्ड केन्द्रले तय नगरेको हुँदा कस्को नाम पठाउने र कस्को नपठाउने भन्ने समस्या उत्पन्न भएपछि धेरैको नाम सिफारिस गर्नु परेको प्रदेश सभापति वलीले जानकारी दिए ।

प्राप्त नामहरु निर्वाचन क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्कोमा पठाइएको छ । सभापति खड्काले आफुलाई प्राप्त नामवली जिल्लामा पठाउने छन् । त्यसपछि जिल्लाले केन्द्रमा सिफारिस गरेपछि मात्रै उम्मेदवारको अन्तिम टुङ्गो केन्द्रले लगाउने छ । सभापति खड्काले आफुलाई प्राप्त लिष्ट कुनै काँट छाँट नगरी जस्ताको त्यस्तै जिल्लामा दुई तीन भित्रै पठाउने बताए । तर त्यसमा टिप्पनी भने समावेश गर्ने उनले बताए । त्यसरी प्राप्त भएका नामवली जिल्लाले केन्द्रमा पठाउने जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताए । ‘छलफल गरेपछि मात्रै कति जनाको नाम पठाउने भन्ने निर्णय हुन्छ,’सभापति खड्काले भने ‘अहिलै म के गर्ने भन्न सक्दिन।’ उनले जिल्लालाई नामावली प्राप्त भए लगतै छलफल गरेर ती नाम केन्द्रमा सिफारिस गर्ने जानकारी दिए ।

नेकपाले सिफारिस गर्न बाँकी
मंसिर १४ गते हुने उपनिर्वाचनको लागि नेकपाले भने संभावित उम्मेदवारको नामवली अझैं सिफारिस गरेको छैन । यो सवालमा जिल्ला अध्यक्ष टिकाराम खड्काले छलफलहरु भइरहेको भएपनि नाम सिफारिस गर्न अझैं केही दिन लाग्न सक्ने बताए । उनले पनि नेकपा भित्र आकाँक्षी धेरै रहेको हुँदा नाम सिफारिस गर्दा बैज्ञानिक विधि अपनाएर सिफारिस गरिने तर्क गरे । त्यो भनेको पार्टीमा क्रियासिलता, संगठन निर्माणमा खेल्दै आएको भूमिका लगाएका मापदण्डलाई आधार मानिने खड्काले जानकारी दिए ।

को हुन सक्छ ? संभावित उम्मेदवार भन्ने प्रश्न गर्दा अध्यक्ष खड्काले शोभाराम बस्नेतदेखि कुवेर वली, विमला वलीदेखि अन्य त्यस्तै ५÷६ जनाको नामहरु लिएका थिए । नेकपाबाट टिकेट आफुले पाउनुपर्ने माग गर्दै यसअघि नै तुलसीपुरमा दुई जना व्यक्तिले पत्रकार सम्मेलन गर्दै दाबी गरिसकेका छन् ।

 

प्रकाशित मिति : २०७६ कार्तिक १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *