२०८२ असार २७ गते शनिवार

विप्लवका सहोदर दाजुसहित अन्य को को पक्राउ परे ? हेर्नुहोस पुरा विवरण

दाङ,असोज ३० । मध्यरातमा छापा हानेर प्रहरीले विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्ता पक्राउ गरेको छ ।
राप्ती गाउँपालिका वडा नं. ४ स्थित ज्ञानेन्द्र वलीको खाली घरमा बैठक गरिरहेका समयमा उनीहरुलाई प्रहरीले गोप्य सूचनाको आधारमा घेरा हालेर पक्राउ गरेको दाङ जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

प्रहरी स्रोतले पुष्टि गरि नसकेको भएपनि एक विश्वसनिय स्रोतवाट प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा विप्लवका सहोदर दाजु समेत रहेका छन् । हेर्नुहास को को पक्राउ परे ?

१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज (विप्लवका दाजु)
२) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) दाङ जिल्ला ईन्चार्ज
६) प्रदीप वली – दाङ जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल–वुद्धिजिवी
९) एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) (एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११) तिलक पुन (पूर्व जनमुक्ति सेना)
१२) सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष)
१३) हितप्रसाद रोका (पार्टी सदस्य
१४) पोष्टमान घर्ती (रोल्पा जिल्ला सदस्य
१५) दलबहादुर खत्री
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) बिष्णु थापा
२१) कुलबहादुर ओली

यो पनि पढ्नुहोस 

बाँकेमा प्रहरी नायव निरीक्षक बलात्कार अभियोगमा पक्राउ

२१ जना विप्लवका कार्यकर्ता पक्राउ

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *