दाङ, असोज ३० । दाङमा प्रहरीले ठुलो संख्यामा विप्लवका नेता कार्यकर्ता पक्राउ गरेको छ । आज बिहान १ बजे राजपुर गाउँपालिका ४ स्थित जंगलबाट २१ जना विप्लवका नेता कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।
जिल्ला प्रहरी प्रबक्ता बिनोद बिक्रम शाहले पक्राउ परेको नेता कार्यकर्ताको बारेमा केहि खुलाउन चाहेनन । उनले दिउसोसम्म जिल्ला प्रहरी कार्यालय दाङमा ल्याएपछि मात्रै पक्राउ परेका व्यक्तिका बारेमा जानकारी दिन सक्ने बताए । ठुलो मात्रामा बिष्फोटक पदार्थ हातहतियार समान बरामद भएको आशंका गरिएको छ ।
प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार