२०८१ माघ ३० गते बुधवार

पार्टीमा भाइचारा र सद्भाव महत्वपूर्ण


घोराही, २६ असोज ।
नेपाली काँग्रेस दाङले कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विसं २०३३ मा जननेता बीपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि त्यसको अर्कौ बर्षदेखि प्रत्येक वर्ष काँग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले सबैलाई स्वागत गर्दै कार्यक्रमको सुरुवात गरेका थिए । पार्टी सभापति कीर्तिबहादुर खड्काले कीर्तिबहादुर खड्काले पार्टीमा आपसी भाइचारा स्थापित गर्न र गैर पार्टीका बीचमा पनि समन्वय तथा सद्भाव कायम राख्न चियापान कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

काँग्रेस २००७ सालदेखि अनवरत रुपमा लोकतन्त्रका पक्षमा लड्दै आएको पार्टी भएको हुँदा महामानव बीपी ज्यानको समेत प्रभाह नगरी स्वदेश फर्किएपछि त्यसले प्रजातन्त्रको बैचारिक लडाई झनै पेचिलो बन्दै मुलुकमा बहुदल हुँदै आज गणतन्त्र सम्भव भएको काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले प्रतिक्रिया दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद कृष्णकिशोर घिमिरे, सुशीला चौधरी, बुद्धिराम भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, नेकपाका प्रदेश कमिटी सदस्य लक्ष्मण आचार्य, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराई, सशस्त्र प्रहरी प्रमुख गोविन्द केसी, नेता तथा कार्यकर्तालगायतको सहभागी थिए ।

उनीहरुमध्ये केहिले फरक कोणसँगको प्रतिक्रियामा चियापान कार्यक्रमले पार्टी–पार्टीका बीचमा आपसी सद्भाव कायम गर्ने तथा लोकतन्त्रका पक्षमा एक भएर लड्न सहयोग पुग्ने आशा व्यक्त गरेका थिए । नेपाली काँग्रेस दाङको पार्टी कार्यालयमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सांसद, कर्मचारी, सुरक्षा निकायका प्रमुख, व्यवसायी, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *