Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


बंगलादेशसँग नेपाल २-१ ले पराजित



असोज २४ । भुटानमा जारी साफ यू-१५ महिला फुटबल च्याम्पियनिसपमा नेपाल दोस्रो खेलमा पराजित भएको छ ।शुक्रबार बंगलादेशसँग २–१ गोलले पराजित भएको छ । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल फर्काए पनि हार भने टार्न सकेन ।

१२ औं मिनेटमा बंगलादेशकी साहिदा अक्तर रिपाले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिइन् । २५ औं मिनेटमा बंगलादेशले पाएको पेनाल्टीमा गोल संख्या दोब्बर बनाउन पुग्यो । बंगलादेशकी कप्तान समसुन्नाले पेनाल्टीमार्फत गोल गरेकी थिइन् ।

६४ औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै अग्रता २–१ मा झारेकी थिइन् । तर त्यसपछि नेपालले थप गोल गर्न नसके पछि पराजित हुन पुग्यो । यस अघि नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal