२०८१ साउन ९ गते बुधवार

दाङमा झन्डै १२ सय वर्षअघि गणतन्त्र आएको थियो (भिडियोसहित हेर्नुहोस)

नारायण नाथ योगी। तस्बिर : राजेश खत्री

राजेश खत्री,
दाङ,असोज २४ । दाङमा आज भन्दा झन्डै १२ सय वर्ष अगाडि गणतन्त्र आएको अनुमान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरास्थित गोरक्ष रत्ननाथको मन्दिरले त्यस्को पुष्टि गर्छ । तत्कालिन थारु राजा रत्ननाथले सम्पूर्ण राजकाज जनतालाई वितरण गरि साधु बनेका थिए । स्थानीय ८४ बर्षीय नारायणनाथ योगीले दाङमा सयौं वर्ष पहिले गणतन्त्र आएको दाबी गरेका छन् ।

बाबा गोरखनाथबाट दिक्षा प्राप्त गरेपछि साधु सन्त बनेका दाङका राजा रत्ननाथ त्यसपछि विश्व भ्रमणमा निस्किएका थिए । योगीका अनुसार राजा रन्तनाथ भ्रमण पुरा गरेर फर्केपछि उनैले चौघेराको मन्दिर स्थापना गर्न लगाएका थिए । गोरख पात्र देवता शिद्धरत्ननाथ मठ विक्रम संवत ८४९ मा स्थापना भएको मन्दिरको मुल प्रवेशद्धारमै स्पष्ट उल्लेख छ । चौघेरामा सिद्धरत्ननाथको मन्दिर स्थापना भएपछि त्यस यता उक्त मन्दिरमा नित्य पूजा आरधना हुँदै आएको छ ।

मन्दिर परिसरमा रहेको कुवा । तस्बिर : राजेश खत्री

सिद्धरत्ननाथको मन्दिर स्थापना भएपछि चौघेरामा नियमित रुपमा देवी देवताको पूजाआरधना सुरु भएको विश्वास गरिन्छ । चौघेराको मन्दिर परिशरमा निर्मित ईनारपनि झन्डै १२ सय वर्ष पुरानो ईतिहास बोकेको ईनार हो । आजपनि यही एैतिहासिक ईनारवाट जल (पानी) निकालेर गोरक्ष रत्ननाथ मन्दिरमा विशेष पूजा आरधना हुँदै आएको छ । कुनैदिन यही ईनारको शुद्ध जल लगेर पैदल हिड्दै साधु सन्तहरु पशुपतिनाथ मन्दिरमा जल चढाउन जाने गर्थे भन्ने विश्वास रहि आएको छ । यसले दाङ उपत्यको प्राचिनता झल्काउने गर्दछ । सयौं वर्ष पहिले दाङ उपत्यका पानीले भरिएको थियो । त्यो पानी दंगिशरण थारु राजाका सञ्तान वा रत्ननाथका सञ्तानले काटेर पानी फालेपछि बस्न योग्य बनेको हुनुपर्ने अनुमान नारायणनाथ योगीले गरे ।

स्वर्गद्धारी भन्दा सयौं बर्ष पहिले चौघेरा चर्चामा थियो
स्वर्गद्धारी मन्दिर र महाप्रभुको ईतिहास जम्मा २ सय वर्ष पुरानो मात्रै रहेको भएपनि चौघेराको ईतिहास भने स्वर्गद्धारी भन्दा सयौं वर्ष पुरानो तथा महत्वको रहेको अर्थ लगाए । ‘स्वर्गद्धारी महाप्रभु रोल्पाको रुन्टीगढी गाउँपालिकाका निवासी खत्री थरका व्यक्ति हुनुहुन्थ्यो । उहाँका सञ्तान अझैंपनि जीवत नै होलान,’ योगीले भने ‘तर चौघेरोको इतिहास अति नै प्राचिन छ । यसको संरक्षण अति आवश्यक छ ।’

स्वर्गद्धारी र रुन्टीगढी गाउँपालिका बीचको दुरी झन्डै ९÷१० किलोमिटरको मात्रै छ ।
राज्यको कमिकमजोरी र उचित प्रचार प्रशारको अभावले चौघेरा ओझेलमा परेको भएपनि चौघेराको मन्दिरले दाङ र नेपालकै ईतिहास उजागर गर्ने हुँदा त्यसको उचित संरक्षण आवश्यक रहेको योगीले तर्क गरे ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस
  1. दिपक प्रकाश बास्केट। says:

    राम्रो।पठन योग्य छ।

    1. जय गुरुदेब । says:

      जय गुरुदेब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *