काठमान्डौं,असोज २४ । नेपाल सरकारले आइतवार सार्वजनिक विदा दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने निर्णण सरकारले गरेको छ । सीको नेपाल भ्रमणका क्रममा ट्राफिक जाम नहोस भनेर सार्वजनिक विदा बिदा दिने निर्णय गरेको छ ।
चिनियाँ राष्ट्रपति सी शनिबार चार बजे नेपाल आइपुग्दैछन्। सी दुई दिने नेपाल भ्रमणका क्रममा द्विपक्षीय ‘कनेक्टिभिटी’ लगायत अन्य भौतिक पूर्वाधारका विषयमा पनि छलफल हुने संभावना छ ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको विहीवारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार