२०८२ असार ३० गते मङ्गलवार

बिजौरीमा सरसफाई

बिजौरी,१७ असोज/  नेपालीहरुको महान पर्व बडा दशैँ भित्रिदै गर्दा चाडपर्वमा हुने फोहोरहरुले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बजिौरीमा सरसफाई गरिएको छ ।

बिजौरी उद्योग बाणीज्य संघ र वडा नं १८ को संयुक्त आयोजनामा बिजौरी बजार क्षेत्र भित्र सरसफाइ गरिएको हो । बिजौरी हाडिमे चोक हुदै क्याम्पस चोक सम्म पुगेको उक्त सरसफाइ अभियानमा सम्पुर्ण ब्यवसायीहरुलाई आफ्नो घर, पसल अगाडि सधैँ सरसफाइ गरि “हाम्रो बिजौरी राम्रो बिजौरी“ बनाउन सहयोग गर्न अपिल गरिएको थियो ।

बिजौरी उद्योग बाणीज्य संघ अध्यक्ष मुक्तबहादुर वली(मुकेश) को अध्यक्षता भएको कार्यक्रमलाई सम्बोधन गर्दे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने,–जसले फोहोर गर्छ,उसैले सरसफाइ गर्छ भन्ने शिद्धान्त अनुसार सबैले आफ्नो घर वरिपरि, पसल वरिपरि सरसफाइ गर्नु पर्छ ।

तुलसीपुर उपमहानगरपालिकालाई फोहोर मैत्री बजार बनाउनका लागी उपमहानगरपालिका लागिरहेको भन्दै पाण्डेले दसै तिहारपछि तुलसीपुर उपमहानगरपालिकाले कुहिने फोहोर र नकुहिने फोहोरहरुलाई संकलन गरि समायोजन गर्ने प्रतिबद्धता जनाए । साथै उनले आउदै गरेको बडा दशैँको सम्पुर्णमा शुभकामना समेत ब्यक्त गरे । सो अवसरमा तुलसीपुर १८ का अध्यक्ष माधव वलि लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त अभियानमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगाएत मानअधिकारकर्मी, समाजसेवि, उद्योगी, ब्यापारी, समाजसेवि, नेपाल प्रहरी, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो । बिशेष गरि चाडपर्व बेलामा घरहरुबाट, पसलहरुबाट निस्कने फोहोरहरुले समाजलाई दुघन्धित बनाउने कुरा सबैलाई अवगत गराउदै उक्त अभियान चलाईएको थियो ।

गायक तथा शिक्षक पुर्ण पुनको स्वागत गीतबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिजौरी उद्योग बाणीज्य संघका सदस्य बिदुर गौतमले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ असोज १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *