दाङ, असोज १६ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार अजयबाबु सिबाकोटीको शुरक्षामा गम्भीर बन्न राज्यलाई आग्रह गरेका छन् ।
सञ्चारमाध्यममा सिवाकोटीलाई थ्रेट आएको भन्ने खवर सार्वजनिक भएपछि उपाध्यक्ष पोखरेलले राज्यले सिबाकोटीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका हुन । उनले समाचार लेखेकै आधारमा पत्रकार सिबाकोटीलाई सम्वन्धित पक्षवाट थ्रेट दिनु निन्दनी कार्य भएको बताए । ‘प्रकासित समाचारका विषयमा चित्त नबुझेमा सम्वन्धित निकायले अपनाउनु पर्ने बाटो खुला हुँदा हुँदै ज्यानकै धम्कि दिनु निन्दनीय कार्य हो । पत्रकार महासंघ राज्य संग सिवाकोटीको सुरक्षाको बारेमा गम्भीर बन्न सक्नुपर्छ,’ उपाध्यक्ष पोखरेलले भने ।
संसद सचिवालयकी एक कर्मचारी रोशनी शाहीलाई पदवाट राजीनामा दिइसकेका संघीय सांसद कृष्णबहादुर महराले बलात्कार गरेको अभियोग सहितको खवर पहिलो पटक सिबाकोटीले सर्वाजनिक गरेका थिए । त्यस लगतैदेखि सिवाकोटी र उनको परिवारलाई समेत अज्ञात समुह बाट थ्रेटहरु आएको खवरहरु सार्वजनिक भएपछि पत्रकार महासंघका उपाध्यक्ष पोखरेलले सुरक्षाको बारेमा चिन्ता व्यक्त गर्दै राज्यको ध्यानाकर्षण गराएका हुन ।
पत्रकार भण्डारीलाई धम्की
रेडियो नेपालमा कार्यरत पत्रकार मुकुन्द भण्डारीलाई विहीवार दिउँसो मास्क लगाएको एक अपरिचित समूहले बानेश्वरमा पिछा गर्दै धम्की दिएको छ । ‘धेरै बोले जे पनि होला’ भन्दै उक्त समुहले पत्रकार भण्डारीले धम्की दिएको खुल्न आएको छ । पत्रकार भण्डारीलाई धम्की दिएको घटना प्रति नेपाल पत्रकार महासंघका उपाध्यक्ष पोखरेलले विरोध जनाएका छन् । उनले राज्यलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह पनि गरेका छन् । ‘पत्रकार सुरक्षामा गम्भीर बनौ । राज्यले अभिभावकीय भूमिका निर्वाह गरोस,’ उपाध्यक्ष पोखरेलको आग्रह छ । उनले सामाजिक सञ्जाल मार्फत ‘ के हुँदैछ मुलुकमा?’भनेर प्रश्न गरेका छन् ।