दाङ,१५ असोज/ कर्तव्य ज्यान उद्योग मुद्दाका फरार तीन जना अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका शुकौरा रोडबाट मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ६ का २३ वर्षीय दिपेश के.सी., गुल्मी कुस्मा गाउँपालिकाका २ का २५ वर्षीय आकाश के.सी. र तुलसीपुर उपमहानगरपालिका ५ का पवन ओली रहेका छन । उनीहरु विरुद्द गत २०७५ साल चैत १७ गते सल्यान रोड अरनिको खेलमैदान नजिक गणेश हमाललाई खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।
शुकौरा रोडमा उनीहरु लुकेर बसेको सूचनाका आधारमा प्रहरी हवल्दार देव बहादुर विकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई थप कानूनी प्रक्रियाकालागि दशैं बिदा सकिए लगत्तै जिल्ला अदालतमा पेश गरिने छ ।
सवारी चालक चालकलाई जनचेतनामुलक प्रशिक्षण संचालन समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप ईलाका प्रहरी कार्यालय तुल्सीपुरले ट्राफिक नियमको पालना नगर्ने र मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालक तथा सह चालकहरुलाई बुधबार ईलाका प्रहरी कार्यालयमा जनचेतनामुलक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
इलाका ट्राफिक प्रहरी कार्यलायका प्रहरी नायब निरीक्षक नन्द पोखरेलले ट्राफिक नियम, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुनसकने दुर्घटना, कानूनी व्यवस्था आदीको बारेमा जानकारी दिए । तुलसीपुर नगर क्षेत्रभित्र मंगलबार गरिएको नियमित चेकिङका क्रममा नियन्त्रणमा लिइएको सवारी साधनका धनी, चालक र सहचालक गरी १५ जनालाई प्रशिक्षण दिइएको हो ।
प्रहरी नायब निरीक्षक पोखरेलले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा यात्रु स्वंयको जयानको असुरक्षा हुने र अन्य दुर्घटन समेत निम्त्याउने बताउँदै अब आइन्दा कानुनी प्रावधान विपरित सवारी नचलाउन सबैलाई आग्रह गरे ।
सवारी नियमको पालना गराउन जरिवाना गर्नु मात्र पर्याप्त नभएकाले चालकलाई जिम्मेवार बनाई बढ्दो सवारी दुर्घटनालाई रोक्न इलाका प्रहरी कारयालयले यस किसिमको प्रशिक्षण कार्यक्रम शुरु गरेको हो । गत सोमबार १४ जना, मंगलबार १३ जना चालक सह चालक र सवारी धनीलाई प्रशिक्षण प्रदान गरिएको थियो ।