२०८१ असार ३० गते शनिवार

महरालाई सांसद पदवाट समेत राजीनामा दिन सुझाव


काठमान्डौं, असोज १४ । सत्तारुढ नेकपाको मंगलवारको सचिवालय बैठकले बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सांसद पदबाट समेत राजीनामा दिन सुझाव दिएको छ ।

महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव नेकपाको सचिवालय बैठकले सुझाव दिएको छ ।
बलात्कार आरोपछि छानबिनमा सहयोग होस् भनेर सभामुखले मंगलवार नै सभामुख बाट राजीनामा दिएका छन् । तर सांसद रहिरहँदा पनि छानबिनमा असर पर्ने भन्दै त्यसवाट समेत राजीनामा दिन सचिवालय बैठकले सुझाएको छ ।

महराले राजीनामा नदिए उनलाई राजनीतिक दल सम्बन्धी ऐनको दल त्याग सम्बन्धी व्यवस्था मार्फत् हटाउन सक्ने नेकपाका एकजना सचिवालय सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *