२०८१ असोज २४ गते बिहिवार

११ जना केन्द्रीय सदस्य थप्ने कांग्रेसको निर्णय

काठमाडौं, असोज ११ । नेपाली कांग्रेसले थप ११ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ। कांग्रेसमा यसअघि ८५ केन्द्रीय सदस्य थिए । ११ जना मनोनित गर्दै थपेपछि अब काँग्रेस केन्द्रीय सदस्यको संख्या ९६ जना पुग्ने भएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले डेढ वर्षअघि समायोजन भएको विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई ११ केन्द्रीय सदस्य दिएर एकताका सम्पूर्ण प्रक्रिया टुंग्याउने निर्णय गरेको हो । कांग्रेसले गच्छदारलाई केन्द्रीय सदस्य मनोनित गर्दै उपसभापति बनाइसकेको थियो।

गच्छदार समूहलाई कांग्रेसले केन्द्रीय सदस्यका साथै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला पदाधिकारी र पार्टीले गठन गर्ने विभागमा पनि स्थान दिने भएको छ। गच्छदार समूहलाई कति स्थान दिने अध्ययन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति बनेको थियो।

निधि संयोजकत्वको समितिले शुक्रबार केन्द्रीय समितिमा पेश गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो।

कांग्रेसले गत मंसीरमा भएको महासमिति बैठकबाट गच्छदार समूहलाई उपसभापति, दुई सय महासमिति सदस्य र एक सय ४८ जना पर्यवेक्षक दिने निर्णय अनुमोदन गरेको थियो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले ११ केन्द्रीय सदस्य, दुई सय महासमिति सदस्य र छ सय महाधिवेशन प्रतिनिधि दिने बैठकले निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *