काठमाडौं, असोज ८। चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ बुधबार स्वदेश फर्किएका छन । सी जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उनि बुधबार चीन फर्किएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गरेका थिए । कार्यक्रममा सहभागी हुन उनिसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी भएका थिए ।
नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनि सोमबार नेपाल आएका थिए ।
प्रकाशित मिति : २०७६ असोज ८ गते बुधवार