२०८२ असार २७ गते शनिवार

सरकार ढल्ला र खाउँला भन्ने पक्षमा कांग्रेस छैन : नेता पौडेल


लिलाधर वली,
दाङ, असोज ८ । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार ढल्ला र हामीले खाउँला भन्ने पक्षमा नेपाली कांग्रेस नरहेको बताएका छन । यो सरकारको समयाअवधि पाँच बर्षको भएको बताएका हुन । नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता पौडेलले कांग्रेसले बर्तमान सरकारको विकल्प खोज्न नचाहेको बताएका हुन । ‘कांग्रेस यो सरकार ढल्ला र खाउँला भन्ने पक्षमा छैन’,नेता पौडेलले भने,‘ जनताले पाँच बर्षका लागि जनमत दिएका छन, सरकार पाँच बर्ष चल्नुपर्छ ।’ त्यसका लागि सरकारले गलत बाटो त्यागेर सहि मार्गमा हिड्नुपर्ने समेत बताए ।

अहिलेको सरकार सही मार्गमा हिड्न नसकेको समेत बताए । जनताले जुनआशा र भरोसा देखेर कम्युनिष्ट सरकारलाई भोट दिएका थिए त्यो अनुसारसरकार चल्न नसकेको नेता पौडेलको भनाई थियो । पछिल्लो समय सरकार बरालिदै गएकाले काग्रेसले सरकारलाई सम्हाल्न सडकमा आउनु परेको बताए । ‘सरकारले देशमा मनपर्दी गर्न थाल्यो, भ्रष्टाचार, अनियमितालाई प्रसय दिने काम गरेकाले काग्रेस सडकमा आएको हो’,उनले भने,‘सरकार सही मार्गमा हिड्नुपर्छ बाटो बिराउनु हुर्दैन ।’ नेपाली नागरिकका समस्या सम्वोधन गर्न सरकार असक्षम भएको आरोप समेत बताए । उनले सरकारका कारण जनतामा निरासा उत्पन्न भएको भन्दै नेता पौडेलले यसले आगामी निर्वाचनमा काग्रेसलाई सहयोग पुग्ने समेत बताएका थिए ।

नेपाली काग्रेसको जागरण अभियानले कार्यकर्ताको मन जोड्न सफल भएको बताएका थिए । जागरण अभियानका क्रममा एक दुई ठाउँमा अप्रिय घट्ना घटेपनि सम्रगमा जागरण अभियानले पाटीका नेता तथा कार्यकर्ताहरुलाई एक ठाउँमा ल्याउने काम गरेको बताएका थिए । उनले पाटीमा गुटवन्दी हुनु स्वभाविक भएको बताएका थिए । ‘देउताको पालामा समेत गुटउपगुट रहेकाले काग्रेस पाटीमा गुटउपगुट हुनु स्वभाविक हो’,उनले भने,‘ पाटीलाई बलियो बनाउन गुटउपगुटलाई मिलाएर लग्न सभापतिले सक्नुपर्छ । पत्रकार सम्मेलन नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७६ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *