असोज ८ । कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट एघार जनालाई पक्राउ गरेको हो। कृषि विकास बैंकको सिस्टम ह्याक गरेर पैसा सार्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।
ह्याकरको समूहले असोज ५ गते केही व्यक्तिलाई प्रयोग गरेर कृषि विकास बैंक लहान शाखाको १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारेका थिए। सिस्टमको पासवर्ड ह्याक गरेर ह्याकरको समूहले काठमाडौंबाट रकम निकालेको प्रहरीको भनाइ छ।
ह्याकरले के कति रकम झिकेको भन्नेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन। ‘के कति पैसा सारेको भन्ने विषयमा अनुसन्धान भने भइरहेको प्रहरीले बताएको छ । नेपाल प्रहरीको साइबर सुरक्षा टोली र बैंकको विज्ञ टोलीले यसबारे अनुसन्धान गरिरहेको छ।