२०८१ असोज २९ गते मङ्गलवार

नेकपाले चाईनाको मोडेलमा साम्यवादी लाद्न खोजे काँग्रेसलाई अस्विकार्य – दीपक गिरी


दाङ,असोज ७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चाईनाको मोडेलमा गएर मुलुकमा साम्यवादी व्यवस्था लाद्न खोजिरहेको बताएका छन् ।

दाङको घोराहीस्थित तुलसीपुर चोकमा मंगलवार आयोजित विरोध सभालाई सम्वोधन गर्दै नेता गिरीले अपवित्र गठवन्धन वाट बनेको नेकपाले जनतालाई झुक्याएर मुलुकलाई कम्युनिष्टकरण गर्न खोजेको दोषारोपन गरे । ‘जनतालाई झुक्याएर मुलुकलाई कम्युनिष्टकरण गर्ने सपना हो भने त्यो कल्पना नगर्नुहोस, जनता विउँझी सक्यो, नेपाली जनतलाई ज्ञान भइसक्यो ’ नेता गिरीले भने । उनले प्रधानमन्त्री केपी शर्माले ओलीले चट्के सैलीमा राष्ट्रियताको नाममा झुक्याएको भन्दै उनले आज त्यही सैलीमा चीनका कम्युनिष्ट नेताहरु आएर नेकपाका नेताहरुलाई कसरी साम्यवादी व्यवस्था लाद्ने भन्ने वारे प्रशिक्षण दिइरहेको भन्दै उनले आपत्ति जनाए ।

‘साम्यवादी बनाउने भनेको तपाँई हामीलाई बन्दुक र डण्डाले कसरी तह लगाउने भन्ने व्यवस्था हो,’ नेता गिरीले भने ‘ आज भन्दा १५ बर्ष अगाडिको कुरा सम्झिनुहोस कसरी बस्नु हुन्थ्यो तपाँई ? हो त्यस्तै व्यबस्थाको परिकल्पना कम्युनिष्ट गर्दै छन् ।’ उनले त्यतिबेला देश कही कब्जा र हत्याको नाममा आक्रान्त अवस्थामा रहेको स्मरण गरे । ‘५० जना गयो मन नपरेको मानिसलाई हत्या गर्यो,’ गिरीले भने । त्यो अवस्था बाट देशलाई गिरिजाबाबुले मुक्ति दिलाएको भएपनि फेरि कम्युनिष्ट त्यही बाटोमा हिड्ने खोजेको गिरीले आरोप लगाए ।

विरामी अवस्थामा प्रधानमन्त्री ओलीलाई धेरै भन्ने पक्षमा आँफु नरहेको भएपनि मुलुक अतेन्तै अप्ठेरो अवस्थामा पुगिसकेको भएपनि अतेन्तै नाटकिय सैलीमा देशलाई चीनको जस्तै साम्यवादी मार्गको लैजान खोजेको भन्दै उनले रोष प्रकट गरे । उनले अपवित्र गठवन्धनवाट बनेको नेकपाको सरकारले नेपाली जनतालाई झुक्याएर कम्युनिष्टकरण गर्न खोजे त्यो सैह्य नहुने उनले बताए ।

त्यसले नेपालको स्वतन्त्रता र बैदेशिक सम्वन्धमा खैलाबैला उत्पन्न हुने उनको तर्क थियो । उनले देशमा भ्रष्टचार, कुशासन, बलात्कार मौलाएको भएपनि त्यो नियन्त्रण गर्न सरकारले कुनै भूमिका नखेलेको बताए ।

फरक प्रशंगमा नेता गिरीले जहाँ तोकेपछि ५ नं. प्रदेशको स्थायी राजधानी छिटो तोक्ने आग्रह गरे । ‘दुई तिहाई बहुमतको सरकारलाई स्थायी राजधानी तोक्न के ले छे के को छ ? के काँग्रेसले छेकेको छ,’ नेता गिरीले प्रश्न गरे । त्यस्तै उनले आस्थाका आधारमा स्थानीय प्रशासनले नेपाली काँग्रेसका कार्यकर्तालाई न्याय सम्पादनमा फरक व्यवहार गरिरहेको भन्दै त्यो कदापी सैह्य नहुने चेतावनी दिए ।

कार्यक्रम पूर्व घोराहीमा काँग्रेसले शक्ति प्रदर्शन गरेको थियो । सरकारका विरुद्ध नारावाजी गर्दै काँग्रेसका नेता कार्यकर्ताले बजारको परिक्रर्मा गरेका थिए ।

नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतमा भएको उक्त कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद राजु खनाल, केन्द्रीय प्रतिनिधि मोहन बराल, पूर्व सांसद योगेन्द्र चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरेले सरकार संविधानको मर्मविपरित बर्तमान सरकार चलेको आरोप लगाएका थिए ।

त्यस्तै प्रदेशसभा सदस्य सुरेन्द्र हमाल, केन्द्रीय प्रतिनिधि धुर्वराज पुरी, प्रदेशसभा सदस्य भुबनेश्वर चौधरी, केन्द्रीय प्रतिनिधि उमा दाहाल, केन्द्रीय प्रतिनिधि सुशीला शाहीलगायतले बर्तमान सरकारले जनतालाई सुशासन र समृद्धिको कुरा गरेर देशलाई कव्जा गर्न खोजेको आरोप लगाइन । नेपाल विद्याथी संघ दाङका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकीको स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण काँग्रेस जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *